धवलागिरी हिमालको फेद देखि चुचुरो सम्मको दृष्य अवलोकन गर्न सकिने सोवाङ धुरी

Gandaki Pardesh notice

सुरेन गुरुङ
चिमखोला, म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला देखि सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ ।

चिमखोलाको मण्डली युवा क्लवले चिमखोला देखि पात्लेखेत– जसलाङ– सिजिखोला– सिजिखर्क– थामखर्क– खोलाखर्क– सिसर्का– तल्लोमेला– उपल्लोमेला– आलेखर्क– नेपाने हुदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लवका टिका पुनले चिमखोला देखि समुन्द्रि सतहदेखि तीन हजार ८४० मिटर उचाईको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान गरिएको जानकारी दिनुभयो ।

“गोठालाहरुले लेकबेसी गर्न प्रयोग गरेको बाटो भएर चिमखोला देखि सोवाङ धुरी पुग्न सकिने पदमार्ग पहिचान गरेका हौ,” उहाँले भन्नुभयो “गोठ बस्ने चलनसँगै हराएको बाटोमा पर्यटक हिडाएर गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन पहल थालेका छौ ।”

Shreekrishna hardwear in news

चिमखोला देखि हिड्न सक्ने एक दिन र विस्तारै हिडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलाबासीहरु बर्खा याममा गाईभैसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेशीका फाँटमा झर्ने गर्दथे ।

नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको क्लवका उपाध्यक्ष मेकीन पुनले बताउनुभयो । “पूर्वाधार र प्रचारप्रसारको कमीले प्रशस्त सम्भावना भएर पनि सोवाङधुरी ओझेलमा परेको छ,” उहाँले भन्नुभयो “पूर्वाधार निर्माणमा पहल, प्रचारप्रसार र प्रर्वद्धनमा जुटेका छौ ।”

बुढाका अनुसार संसारको सातौ ८ हजार १६७ मिटर अग्लो धवलागिरी हिमालको फेद देखि चुचुरो सम्मको दृष्य अवलोकन गर्न पाउन सोवाङ धुरीको मुख्य विशेषता हो । सुर्योदयका साथै गुर्जा, धवलागिरी, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, हिमशङखलाको अवलोकन गर्न सकिन्छ ।

Bhautik ministry notice about road

बाग्लुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामिण वस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिने चिमखोलाका वकिल पुनले बताउनुभयो ।

सोवाङ धुरी जाने पदमार्गमा पर्ने जंगलमा घोरल, मृग लगायत जनावर र पाँच औले, सेदक चिनी लगायत जडिवुटीहरु अवलोकन गर्न सकिने उहाँले बताउनुभयो । सोवाङ धुरीबाट रघुगंगा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ ।

व्यवस्थित पदमार्ग, आश्रयस्थल नभएकाले वन्दोबस्तीका सामान सहित जानुपर्छ । सोवाङ धुरी जाने पर्यटकहरु नजिकैको ओडारमा बास बस्ने गरेका छन् । आश्रयस्थल निर्माण, खानेपानीको व्यवस्थापन र पदमार्गमा संकेत चिन्हहरु बनाउनुपर्ने सोवाङ धुरी पुगेर आएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले बताउनुभयो ।
म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने गरी पहिचान भएको धौलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गायत्री मन्दिरदेखि सुरु भएर भगवती–रुइसे–भेडिओढार–मुटुकाटे–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग रहेको छ । मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङ धुरी पुगेपछि पर्यटक नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धौलागिरि हिमालको आधार शिविर पुग्न सक्छन् ।

आधार शिविरबाट बाँझोबुकी– कुइनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल रिखार हुँदै र रघुगङ्गा नदीको किनार नै किनार हुँदै सङ्गुरथला भएर कुइनेमङ्गलको घ्यासीखर्क–चिमखोला हुँदै फर्कन मिल्ने गरी दुई वटा पदमार्ग सञ्चालनमा रहेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजा (रिम) ले बताउनुभयो ।

“हरेक वर्ष पदमार्ग निर्माणको काम भइरहेको छ, अहिले पनि पर्यटन बोर्डबाट आएको बजेटबाट पदमार्ग स्तरोन्नतिको काम जारी छ,” उहाँले भन्नुभयो “अक्करे पहाड र भिरमा अझै पनि पदमार्गलाई सुधार गर्न सकिएको छैन । थप बजेटको आवश्यकता छ ।”

टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर’ (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...