जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त दश महिनापछि पक्राउ

Add Samajik bikash office

बेनी । जबरजस्ती करणी मुद्दामा फरार म्याग्दीका एक जना व्यक्तिलाई प्रहरीले दश महिनापछि मंगलबार पक्राउ गरेको छ ।

११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरी फरार भएका बेनी नगरपालिका–५ भिरमुनीका २२ वर्षीय अशोक परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

Bhautik ministry notice about road

परियारले २०७६ पुष १२ गते बालिकालाई बिवाह गर्ने प्रलोभनमा करणी गरेको प्रहरीमा उजुरी परेको थियो । अदालतको अनुमतिमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Shreekrishna hardwear in news

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८, दफा २१९ को उपदफा ३(ख) बमोजिम दश बर्ष भन्दा बढी १४ वर्ष भन्दा कम उमेरकी बालिकालाई करणी गरेमा १८ देखि २० वर्ष कैद सजाय हुने ब्यवस्था छ । १८ वर्ष भन्दा कम उमेरकी बालिकालाई निजको सहमतिमा करणी गरेको भएमा पनि जबरजस्ति करणी गरेको मानिने कानूनी ब्यवस्था रहेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...