श्रमदानबाट करेसाबारी निर्माण

Gandaki Pardesh notice

बाबियाचौर, म्याग्दीको मंगला गाँउपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रुपान्तरण गरेका छन् ।

मंगला गाउँपालिका–२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधी र कर्मचारीले श्रमदान गरेर तरकारी खेती गरेर हराभरा बनाएका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले ब्यायमका लागि फुर्सदको समयमा जनप्रतिनिधी र कर्मचारीहरुले करेसाबारीमा श्रमदान गर्ने गरेको बताउनुभयो ।

“कृषि र प्राविधिक शाखाका कर्मचारीको आवास भवन परिसरको यो बगर पहिले झाडी थियो । झाडी फाडेर खनजोत गरी करेसाबारी बनाएका हौ,” उहाँले भन्नुभयो “करिब २ रोपनी क्षेत्रफल बाँझो जमिनमा मौसमी र बेमौसमी तरकारी खेती गरेका छौ ।”

Shreekrishna hardwear in news

शारिरिक ब्यायम, फुर्सदको समय सदुपयोग, उत्पादन वृद्धि र घरायसी तरकारीमा आत्मनिर्भर बन्नका लागि सन्देश प्रवाह गराउन गत बैशाखमा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत पौडेलले श्रमदान अभियान शुरु गर्नुभएको थियो ।

Bhautik ministry notice about road

अधिकृत पौडेलको अभियानमा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष पेमा अधिकारी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र बाबियाचौरका बासिन्दाहरुले साथ दिनुभएको छ । फुर्सदको समयमा जनप्रतिनिधी र कर्मचारीहरु कुटो कोदालो हातमा लिएर करेसाबारीमा काम गरेको भेटिन्छन् ।

बर्खा याममा सिमी, लौका खेती भएको थियो । हिउँदमा बन्दा र काउली उत्पादन हुन थालेको छ । प्याज, लसुन, धनीया र साग खेती गरिएको छ । कार्यालय समय बाहेकको साँझ, बिहानको फुर्सद, शनिबार र अन्य सार्वजनिक विदाका दिन करेसाबारीमा श्रमदान गर्ने गरिएको कृषि शाखाका प्राविधिक जगत बानियाले बताउनुभयो ।

करेसाबारीको डिलतर्फ घेराबार गर्न गाउँपालिकाले रु. ३७ हजार खर्च गरेको छ । अन्य सबै काम श्रमदानबाट गरिएको प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । प्रत्येक शनिबार बिहान सात देखि दश बजेसम्म श्रमदानका लागि सहभागी हुन अपिल गरिएको छ ।

उत्पादन भएको तरकारी जनप्रतिनिधी र कर्मचारीहरुले उपभोग गर्दछन् । घरायसी उपभोगका लागि आफै तरकारी उत्पादन गर्नुपर्ने सन्देश दिन खोजिएको हो । प्राङगारिक मलको प्रयोग गरेर तरकारी खेती गरिएको हो । रोगकिरा नियन्त्रणका लागि पनि जैविक विषादीको प्रयोग गरिएको करेसाबारीलाई प्रर्दशनी स्थलको रुपमा विकास गर्ने योजना रहेको छ ।

व्यवसायिक तरकारी खेतीबाट आयआर्जनका अलावा करेसाबारी बनाएर घरायसी उपभोगका लागि तरकारी खरिद घटाउन सकिन्छ । ब्यायमका लागि करेसाबारीको काम गर्दा स्वस्थ्य र शारिरिक तन्दुरुष्त हुने अनुभव जनप्रतिनिधी र कर्मचारीहरुले सुनाए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...