नेटवर्किङ ब्यवसायको नाममा ठगी धन्दा चलाउने तीन जना पक्राउ

Gandaki Pardesh notice

बेनी । म्याग्दीका बिभिन्न ठाउँमा नेटवर्किङ (पिरामिड मा आधारित) ब्यवसायको नाममा ठगी धन्दा चलाउने तीन जना पक्राउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले म्याग्दीका साथै पर्वत, बागलुङ लगायतका जिल्लामा भारतीय ओरिन्स ग्लोबल मार्केटिङका उत्पादनहरु ल्याएर सदस्यता बनाई खरिद गर्न बाध्य बनाउनेहरुलाई पक्राउ गरेर पर्वत प्रहरी हुदै अनुसन्धान र कारबाहीका लागि वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण बिभागमा पठाएको छ ।
पक्राउ पर्नेमा जलजला गाउँपालिका–७ का होमनाथ जैसी, सरोज शर्मा र काठमाडौ महानगरपालिका–४ टोखाका प्रदिप रिजाल रहेका म्याग्दी प्रहरीले जनाएको छ । उनीहरुले बिभिन्न प्रलोभन देखाई सर्वसाधारण नागरिकलाई कम्पनीका उत्पादन बिक्री गरी ठगी गरेको उजुरी परेको थियो ।

जैसी पोखराको मालेपाटन स्थित गण्डकी हर्बल स्टोर्सका सञ्चालक हुन् । उनहरुले जलजला गाउँपालिकाको मिलनचोकबाट धौलागिरी क्षेत्रमा नेटवर्किङ ब्यवसाय गर्दै आएका थिए । उनिहरुले म्याग्दीका १४१ सहित २५३ जनालाई उक्त ब्यवसायको सञ्जालमा आवद्ध गराएको पाईएकोले ठगी मुद्दामा अनुसन्धान सुरु भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बस्तुको प्रत्यक्ष बिक्री (ब्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ को परिच्छेद २ को दफा ११ बमोजिम नेपालमा कुनै पनि प्रकारको पिरामिडमा आधारित ब्यवसाय सञ्चालन गर्न नपाउने ब्यवस्था गरेको छ ।

यस्ता ब्यवसायले सोझा सिधा नागरिकलाई घरमै बसी बसी पैसा कमाउने नाममा ठगि गर्ने, आवश्यकतानै नभएका बस्तु खदिर गर्न बाध्य बनाउने, क्रय शक्ति कमजोर हुने र अनावश्यक बस्तु आयात हुदा अर्थतन्त्रमा चुनौति सिर्जना गरेको छ ।

आर्थिक प्रलोभनमा परेर यस्ता ब्यवसायतर्फ आकर्षित नहुन, कोही कसैले सदस्य बनाउन खोजेमा तत्कालन प्रहरीलाई खबर गर्न, आफू, परिवार र छिमेकमा समेत यस सम्बन्धी सचेतना अभिबृद्धी गराउन प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...