उद्योग वाणिज्य संघ मंगला इकाइमा प्रेमलाल पौडेल

Gandaki Pardesh notice

बाबियाचौर, । म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तगत मंगला बजार इकाईको अध्यक्षमा प्रेमलाल पौडेल चयन हुनुभएको छ ।

बाबियाचौरमा शनिबार सम्पन्न इकाईको अधिवेशनबाट हार्डवयर व्यवसायी पौडेलको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । इकाईको बरिष्ठ उपाध्यक्षमा प्रमानन्द विश्वकर्मा, प्रथम उपाध्यक्षमा तिलक पुन, दृतीय उपाध्यक्षमा बेलबहादुर केसी, महासचिवमा हिरा शेर्पुजा जुग्जाली चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

कोषाध्यक्षमा अशोक पौडेल र सचिवमा छमलाल पौडेल चयन हुनुभएको छ । सदस्यहरुमा तारानाथ सापकोटा, मोतिलाल शर्मा, मनबहादुर थापा, गजेन्द्र जिसी, शुशिला देवी थापा, चित्रराज आचार्य र नन्दलाल गिरी रहनुभएको छ । निवर्तमान अध्यक्ष चक्रलाल पाण्डे (राजु)को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Shreekrishna hardwear in news

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, महासचिव अमित बानिया, कार्यसमिति सदस्य टेकप्रसाद सापकोटाको उपस्थितिमा अधिवेशन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...