बेनी । “पिरिम बस्यो भागुम भन्छ काँ पो लानी होर मयाँले”.. हिजो आज सामाजिक सञ्जाल टिकटकमा यो शब्द भएको मयाँले बोलको दशै तिहार सम्बन्धी गित भाइरल भएको छ ।
म्याग्देली कलाकारहरुको क्रियटिभ मिडिया प्रोडक्सन मार्फत सार्वजनिक भएको मौलिक शब्द र भाकालाई संकलन गरेर तयार पारिएको मयाँले गित नेपाली जनजिब्रोमा प्रिय बन्न थालेको हो ।
सामाजिक सञ्जाल टिकटकमा यही गितलाई प्रयोग गरेर अभिनय गर्नेहरु धेरै भेटिएका छन् । सरल शब्द, मिठास प्रस्तुतिले मयाँले गितले चर्चा पाउन थालेको कलाकारहरु बताउँछन् । गितमा प्रयोग भएका टुक्काहरु मौलिक किसिमका छन् ।

म्याग्दी जिल्लाको विभिन्न भूभागमा पुगेर त्यहाँको कला, संस्कृतिको अध्ययन गरि त्यसलाई विश्वब्यापी गर्ने उद्देश्यका साथ दशै तिहारलाई लक्षित गरेर मयाँले गित प्रस्तुत गरेको क्रियटिभ मिडियाका सञ्चालक भुपेन बानियाले बताउनुभयो ।
गितमा प्रयोग गरिएका शब्द तथा लयका भाकाहरुले म्याग्दीको मौलिक संस्कृतिलाई अन्तराष्ट्रियकरण गर्न सहयोग गरेको छ । १७ अक्टोबर २०२० मा सार्वजनिक भएको गितको युट्युबमा यो समाचार तयार पार्दा सम्म ४५ हजार ६८ पटक हेरिएको छ ।
बेनी बजार नजिकैको पर्यटकीय स्थल लभ्लिहिल र बगरफाँटमा छायांकन गरिएको गितमा सम्बोज मल्ल, धु्रब जिसी, प्रकाश दुतराज, बिष्णु रिजाल, शान्ता बर्देवा र बसन्ति थापाको स्वर छ ।
प्रकाश दुतराजले शब्द र लय संकलन गरेको गितको संगित संयोजन अर्जुन थापा र रेकर्ड तारानाथ आचार्यले गर्नुभएको छ । भूपेन बानियाले निर्देशन, सम्पादन गरेको म्युजिक भिडियोमा ध्रुब जिसी, प्रकाश दुतराज, बिष्णु रिजाल, सुनिल बानिया, बिबिधजंग थापा, जिबन कार्की, नबिन बानिया, निर्देश चोखाल लगायतको अभिनय छ ।
