म्याग्दीमा रिटर्नी सेन्टर गठन

Gandaki Ghumau

मल्कवाङ, । म्याग्दीका नेकपा माओवादी केन्द्रमा आवद्ध वैदेशिक रोजगारीबाट फर्किएकाहरु संगठित भएका छन् ।

माओवादी केन्द्र निकट रिटर्नी सेन्टर म्याग्दीको प्रथम जिल्ला भेलाले निलकण्ठ रेग्मीको संयोजकत्वमा म्याग्दी जिल्ला कमिटि गठन गरेको छ ।

Gunasthariya Shiksya

कमिटिको सह–संयोजकमा पूर्णबहादुर गुरुङ, सचिवमा प्रकाश सुवेदी, सदस्यमा भुवन आचार्य र प्रकाश घले चयन हुनुभएको छ । म्याग्दीका ६ वटै स्थानीय तहमा विदेशबाट आएकाहरुलाई संगठित गर्ने र उहाँहरुले प्राप्त गरेको ज्ञान, सिप र श्रम क्षमताको पहिचान गरि उत्पादन क्षेत्रमा जोड्ने सेन्टरले जनाएको छ ।

Shreekrishna

भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेलले खान लाउन, पुग्ने, सबै सहज हुदा हुदै पनि कतिपय रहरले विदेश गइरहेको अवसथामा विदेशबाट सिप सिकेर आएकाहरुलाई क्षमता अनुसारको उत्पादनमुलक कार्यमा परिचालन गर्न आवश्यक रहेको बताउनुभयो ।

रिटर्नी सेन्टर गण्डकी प्रदेशका संयोजक इश्वरी ढकाल, केन्द्रिय सचिवालय सदस्य बालकृष्ण मरासिनी, गण्डकी प्रदेशका सहसंयोजक भुवन गुरुङ, प्रदेश सदस्य हिराबहादुर रेग्मी, रेशम केसी लगायतको उपस्थितिमा भेला भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...