म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा आइतबार थप पाँच जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमितको कन्ट्याक्ट टे«सिङमा परेकाहरुको स्वाब नमुना संकलन गरेर परिक्षण गर्ने क्रममा थप संक्रमित पहिचान भएका स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ । कात्तिक १४ गते संकलन गरेर पोखरा पठाइएको स्वाब नमुनाको आइतबार नतिजा आएको हो ।

संक्रमण पुष्टि हुनेमा बेनी नगरपालिका–७ का वर्ष ७८ र ४४ का दुई जना महिला, वर्ष ५६ का एक पुरुष, बेनी अस्पतालमा कार्यरत बेनी नगरपालिका–८ घर भएकी २२ वर्षीया एक महिला स्वास्थ्यकर्मी र रघुगंगा गाउँपालिका–२ का ३४ वर्षका एक जना पुरुष रहेका कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

स्वास्थ्य अवस्था सामान्य रहेका उनिहरु होम र स्थानीय आइसोलेशनमा बसेका छन् । म्याग्दीबाट हालसम्म एक हजार ८६९ वटा स्वाब नमुना संकलन गरेर परिक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट आएको छ ।

म्याग्दीमा हालसम्म १८ जना महिला सहित ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० जना महिला सहित ६५ जनाले कोरोना जितेका छन् । जिल्ला बाहिर संक्रमण पुष्टि भएका ८ जनाको औपचारिक र ६ जनाको अनौपचारिक जानकारी आएको कार्यालयले जनाएको छ ।

केही दिनयता सदरमुकाम बेनीमा दैनिकजसो कोरोना संक्रमित भेटिन थालेका छन् । बिहीबार बेनीका एक वृद्धको काठमाडौमा मृत्यु भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...