जिल्ला प्रशासन कार्याल म्याग्दीमा राष्ट्रिय परिचयपत्रको निशूल्क अनलाइन फारम भर्ने सेवा शुरु

Gandaki Pardesh notice

बेनी, म्याग्दीको प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशूल्क भरिदिन थालेको छ । आफै अनलाइन फारम भर्न नसक्ने सेवाग्राहीहरुले शूल्क तिरेर व्यवसायीको सहायता लिनुपर्ने बाध्यता हटेको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले प्रशासन कार्यालयमा बिहिबारदेखि निशूल्क फारम भरिदिन थालेको जानकारी दिनुभयो । ‘राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्नका लागि छुट्टै कर्मचारी, कम्प्युटर र प्रिन्टरको व्यवस्था मिलाएका छौ,’ उहाँले भन्नुभयो ‘आफै भर्न सक्नेले आफै भर्नुहुन्छ । नसक्ने सेवाग्राहीले बजारका साइबरमा शूल्क तिरेर राष्ट्रिय परिचयपत्रको अनलाइन फारम र विवरण भर्नु पर्दैन् । कर्मचारीले भरिदिने व्यवस्था मिलाएका छौ ।’

निशूल्क रुपमा प्रशासनमै अनलाइन फारम भर्दा खर्चको बचत र झञ्जट हटेको बेनी नगरपालिका–२ गौस्वाराकी सपना केसीले केसीले बताउनुभयो । जापानबाट आएकी केसी म्याग्दीमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्ने निशूल्क सेवा लिने पहिलो सेवाग्राही हुन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बजारको साइबरमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भरेको एक सय देखि दुई सय रुपैयाँ शूल्क लिने गरेका सेवाग्राहीले बताएका छन् । ्

म्याग्दीमा दैनिक ३५ जनाले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम, विवरण भर्ने र बायोमेट्रिक गर्ने सेवा लिने गरेका छन् । व्यक्तिको आँखा, अनुहार, हात, औठाछाप आदीको डिजिटल (विद्युतीय) विवरण संकलन गर्ने आधुनिक प्रणालीलाई बायोमेट्रिक भनिन्छ ।

सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सहजताका लागि मौजुदा कर्मचारी परिचालन गरेर अनलाइन फराम निशूल्क भर्ने व्यवस्था मिलाएको बताउनुभयो । राहदानीको अनलाइन फराम भर्ने सेवालाई पनि शुरु गर्ने तयारी भएको बताउनुभयो ।


.

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...