किताब बेच्न महाबिर गृहजिल्लामा

Gandaki Pardesh notice

बेनी, । राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक डा. महाविर पुन आफुले लेखेको किताब बिक्री गर्न मंगलबार गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीमा आउनुभयो ।

म्याग्दीको अन्नपूर्ण गाँउपालिका–८ नागीमा जन्मिएका रोमन म्यागासेसे पुरस्कार विजेता पुनले गृहजिल्लामा आएर आफ्नो जिवनमा आधारित आत्मकथा बिक्री गर्नुभयो । ‘सम्झना, सपना र अविरल यात्रा’ नामको पुस्तक बिक्री गर्न महाबिर बेनीमा घरदैलो गर्नुभएको थियो ।

Bhautik ministry notice about road

“ल महाबिरको किताब आयो, आयो किताब किन्नुहोस” भन्ने बजारका गल्ली र सर्वसाधारणको घरदैलोमा पुग्नुभएको थियो । रघुगंगा गाउँपालकाका अध्यक्ष भबबहादुर भण्डारीले कालीपुलमा पुनसँग दुई वटा पुस्तक किन्नुभयो ।

Shreekrishna hardwear in news

पुनसँग किताब किन्ने र फोटो खिचाउने भिडनै लागेको थियो । उहाँले सोमबार पर्वतको कुश्मामा पुस्तक बिक्री गर्नुभएको थियो । पर्वतमा करिब २५० पुस्तक बिक्री भएको सहयोगी चित्र तिलिजा पुनले बताउनुभयो । ३०८ पेजको पुस्तकको मूल्य ७५० रहेको छ । महाबिरको टोली पुस्तक बिक्री गर्न बुधबार बाग्लुङ जाने कार्यक्रम रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...