आन्तरिक पर्यटकको गन्तब्य रत्नेचौर

Gandaki Pardesh notice

सन्तोष गौतम
रत्नेचौर, ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चार÷पाँच वर्ष अघिसम्म गुमनाम जस्तै थियो । पुष–माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीय स्तरमा सिमित थियो । तोरीबारी हेर्न गाउँ बाहिरका मानिस आउदैनथे ।

पछिल्लो तीन वर्षयता भने रत्नेचौरको फाँटमा तोरी फुल्ने याममा पर्यटकहरु आउन थालेका छन् । रत्नेचौरको भानु माविका पुर्व प्रअ समेत रहनुभएका स्थानीयबासी टिकाबहादुर महत रत्नेचौर ‘भाइरल’ बन्नुको कारण सडक कालोपत्र हुनु, सामाजिक सञ्जाल र आम सञ्चार माध्यम भएको बताउनुहुन्छ ।

“रत्नेचौरमा यसअघि पनि तोरी खेती हुन्थ्यो र फुल्थ्यो तर यसरी पर्यटक आउँदैनथे,” उहाँले भन्नुभयो “रत्नेचौरको फाँटको बिचमा रहेको सडक वि.स. २०७७ मा कालोपत्र भयो । पहिला प्रर्वद्धन गर्ने प्रविधि थिएन् । सबैको हातमा प्रविधिको पहुुँच पुुगेकाले रत्नेचौर जस्ता ओझेलमा परेका सुुन्दर ठाउँ चिनिएका छन् ।”

Shreekrishna hardwear in news

समथर फाँट र बस्ति रहेको रत्नेचौरको पृष्ठभूमिमा धौलागिरि हिमाललाई अवलोकन गर्न सकिन्छ । कालोपत्रे सडकको दायाँ र बायाँका फाँटमा पहेँलपुर फुुलेको तोरीबारीको पृष्ठभूमिमा हिमाल हेर्न पाउनुु रत्नेचौरको विशेषता हो । सामाजिक सञ्जालमा देखेको दृष्य र तस्विरबाट लोभिएर रत्नेचौर घुम्न आएको पोखराकी जेनीसा पुनले बताउनुभयो ।

Bhautik ministry notice about road

“तोरीबारीमा फोटो खिच्ने र भिडियो बनाउनकै लागि पोखराबाट साथीहरु मिलेर आएका हौ,” उहाँले भन्नुुभयो “एकै ठाउँबाट तोरीबारी र हिमाल हेर्न सकिने यहाँको विशेषता रहेछ ।” बेनी र बाग्लुङ बजारदेखि १५–१५ मिनेटको सवारी यात्रापछि पुगिने रत्नेचौर घुुम्न बालबालिका, युुवा युवती देखि पाका उमेरका पनि आउँछन् ।

दैनिक दुुई सय देखि पाँच सय जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका रत्नेचौरका कुुशल शर्माले बताउनुभयो । “बिदाको दिन तोरीबारी हेर्न आउनेको घुुइचोनै लाग्छ,” उहाँले भन्नुभयो “अन्य समयमा पनि पर्यटकहरु निरन्तर आइरहेका छन् ।”

म्याग्दी, बाग्लुङ, पर्वत र कास्कीका साथै मुुस्ताङ जाने र फर्कने पर्यटकहरु रत्नेचौरको तोरीबारीको सौन्दर्यमा रमाउँछन् । पर्यटकको चहलपहलसँगै ब्यापार व्यवसायको अवसर सिर्जना भएको छ । रत्नेचौरको फेदी भुुवानेमा दुुई वटा होटल र रेष्टुुरेन्ट खुुलेका छन् । रत्नेचौर देखि बागलुङको कुडुले जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएकाले रत्नेचौर घुम्नेहरुका लागि नयाँ आकर्षण थपिएको छ ।

परम्परागत रुपमा हुुदै आएको तोरीखेती पर्यटकको आकर्षण बनेपछि यसलाई व्यावसायिक र पर्यटन आकर्षणको रूपमा विकास गर्न योजना बनाइएकोे बेनी नगरपालिका–१ रत्नेचौरका वडा अध्यक्ष टेकबहादुुर थापाले बताउनुुभयो । “रत्नेचौरलाई कृषि पर्यटनको गन्तब्य बनाउने योजना अघि सारेका छौ,” उहाँले भन्नुुभयो “श्रीलक्ष्मीहरि मन्दिर, लामो झोलुुङ्गे पुल, बुढोपोखरी रहेको रत्नेचौरको सम्भावना उजागर गर्न तोरी महोत्सव गर्ने योजना छ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...