लोक दोहोरीमा संगितकर्मी र नृत्यमा मंगलाघाट आमा समूह बिजयी

Gandaki Pardesh notice

बेनी, । म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा बेनीमा सञ्चालन भएको दशौ माघे संक्रान्ति मेला मङगलबार सम्पन्न भएको छ ।
मेलाको अन्तिम दिन रचना रिमाल, समिक्षा अधिकारी, रवी कार्कीको सांगितिक प्रस्तुतिमा दर्शक रमाए । तीन दिन सम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेख्य उपस्थिति देखियो ।

बेनीको खुल्ला मञ्चमा सञ्चालित मेलाको प्रमुख आकर्षणको रुपमा रहेको खुल्ला लोक दोहोरी गित प्रतियोगितामा राष्ट्रिय संगितकर्मी संघ म्याग्दी र आमा समूह नृत्य प्रतियोगितामा मंगला आमा समूह बिजयी भएका छन् ।

राष्ट्रिय संगितकर्मी संघबाट मिलन कार्की, नविन पौडेल र हिरा बस्यालले दोहोरी गाउनुभएको थियो । दोहोरीमा दृतीय भएको रघुगंगा गाउँपालिकाबाट प्रकाश सुनार र निशा भण्डारी सहभागी हुनुभएको थियो । लोक दोहोरीमा दश टिम सहभागि भएका थिए ।

Shreekrishna hardwear in news

लोक दोहोरीमा बिजेता रु. तीस हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपबिजेताले रु. २० हजार नगद पुरस्कार पाए । आमा समूहहरुको लोक नृत्य प्रतियोगितामा बेनपा–६ जामुनाखर्कको सयपत्री आमा समूह उपबिजेता भएका थिए । नृत्यमा प्रथमले रु. दश हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपबिजेताले रु. छ हजार पाए ।

Bhautik ministry notice about road

लोकदोहोरी गीतको मौलिकतालाई जोगाउन र प्रर्वद्धन गर्न प्रतियोगिता आयोजना गरिएको महिला उद्यम विकास समितिका अध्यक्ष अम्बिका श्रेष्ठले बताउनुभयो । लोकदोहोरी प्रतियोगितामा कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउदा दर्शकहरुले रमाइलो मानेर नाचेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीले संयोजन गरेको थियो । लोकदोहोरी कुनै बेला घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाउने प्रचलन थियो ।

प्रतिष्ठान म्याग्दीका अध्यक्ष तथा कलाकार ध्रुव जिसीले भन्नुभयो, ‘‘आजकल पुरानो प्रचलन हराएको छ । नयाँ पुस्तामा लोकदोहोरीको मौलिकता छैन, हामीले मौलिकताको संरक्षण गर्न खोजेका छौ । मेला पर्वहरुमा आयोजना हुने लोकदोहोरी गीत प्रतियोगिताले मौलिकताको संरक्षण र प्रवर्द्धनमा टेवा पु¥याउँछ ।’’ म्याग्दी लोकदोहोरीको उर्वर भूमि भएकाले नयाँ पुस्तालाई लोकदोहोरीमा आकर्षित गर्न प्रतियोगिताले टेवा पुग्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘कलाकारहरु जमघट हुने माध्यम मेला पर्वहरु बनेका छन् । लोकदोहोरीको पुरानो मौलिक संस्कृति त हराउँदै जान थालेको छ । नयाँ परिवेश अनुसार हामी यसको संरक्षणमा जुटेका छौं ।’’ मेला पर्वहरु स्थानीयस्तरमा लुकेर रहेका कलाकारलाई जमघट गराउने, नयाँ कलाकार उत्पादन गर्न र प्रतिभा प्रस्फुटन गराउने अवसर भएको उहाँको भनाइ छ ।

आधुनिकतासँगै लोकदोहोरीको मौलिक भाका लोप हुन थालेकाले लोकदोहोरीको मौलिकता जोगाउन र युवा पुस्तालाई आकर्षित गर्न आफूले प्रतियोगितामा भाग लिएको युवा कलाकार नारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पहिलाको जस्तो रातको समय दोहोरी गाउँदा बिहान उज्यालो हुने जस्तो प्रचलन त छैन, तर विभिन्न समयमा आयोजना हुने मेला पर्वहरुमा भाग लिएर लोकदोहोरीको मौलिकता जोगाउन लागेका छौं ।’’

‘‘सानो उमेर देखि नै लोकदोहोरी मलाई मन पर्दथ्यो । स्कुल,क्याम्पस पढ्दा लोकदोहोरी गीत प्रतियोगितामा भाग लिने गरेको थिएँ,’’ प्रतियोगितामा भाग लिनुभएका युवा कलाकार मिलन कार्कीले भन्नुभयो, ‘‘हाम्रो समाजको पुरानो लोकसङ्गीतलाई हामी युवाहरुले संरक्षण गर्नुपर्दछ । लोकदोहोरीलाई व्यावसायिक पेसा नबनाए पनि संरक्षण गर्नका लागि प्रतियोगिताहरुमा भाग लिने गरेको छु ।’’ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...