विपद् ब्यवस्थापन समितिको बैठकद्धारा क्षतिको बिबरण अनुमोदन

Sinchai Khanipani notice

बेनी । जिल्ला विपद् ब्यवस्थापन समिति, म्याग्दीको आइतबार बेनीमा बसेको बैठकले पहिरोले पु¥याएको क्षतिको संकलित बिबरण अनुमोदन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह र प्रहरी कार्यालयबाट प्राप्त विबरणलाई एकिकृत गरि तयार पारिएको क्षतिको बिबरणलाई अनुमोदन गरेको हो ।

Bhautik ministry notice about road

गत असार महिनायता म्याग्दीका सबै स्थानीय तहमा पहिरो, कटान र बाढीले २४७ घर पूर्ण रुपमा तथा ८२१ वटा घर जोखिममा परेको बिबरण संकलन भएको थियो । क्षति भएका र जोखिममा परेका बस्तिका साथै अन्य पूर्वाधारको क्षतिको बिबरणलाई पनि बैठकले अनुमोदन गरेको छ ।

Shreekrishna hardwear in news

क्षतिग्रस्त भौतिक संरचना पुननिर्माणका लागि सम्बद्ध प्रदेश र संघीय सरकारका मन्त्रालयमा बजेट र योजनाको सिफारिस गरिएको छ । पहिरोले क्षति पु¥याएका र जोखिममा परेका बस्तीको अध्ययनका लागि भूगर्वबिद्को टोली पठाइदिन गृह मन्त्रालय मार्फत अनुरोध गरिएको छ ।
यसैगरी जिल्लाको ग्रामिण क्षेत्रका प्रहरी इकाइमा विपद् र दुर्घटनाको बिद्युतीय अभिलेख राख्नका लागि कम्प्युटर, प्रिन्टर र इन्टरनेटको ब्यवस्था गर्न सम्बद्ध पालिकाहरुलाई आग्रह गर्ने निर्णय भएको छ ।

प्रजिअ अधिकारीले पहिरोबाट घरबास गुमाएकाहरुको लागि सुरक्षित जग्गा पहिचान गरेर जति सक्दो छिटो आवासको ब्यवस्थापन गर्नु अबको चुनौति भएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...