कृषि मेला तथा रैथाने बालीको प्रर्दशनी

Gandaki Pardesh notice

बेनी, ः म्याग्दीको बेनीमा आजदेखि जिल्ला स्तरीय कृषि मेला तथा रैथाने बालीको प्रर्दशनी शुरु भएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीले कृषकहरुलाई व्यवसायिक र प्रतिस्पर्धी बन्न प्रोत्साहनका साथै रैथाने बालीको संरक्षण र उपभोग बढाउने उद्देश्यले प्रर्दशनीको आयोजना गरेको हो । तीन दिनसम्म सञ्चालन हुने प्रर्दशनीमा ५० जना कृषकले सहभागिता जनाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्राविधिक सम्झना आचार्यले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तरकारी, फलफुल, मसला, आलु–टमाटर, च्याउ, कन्दमुल र लहरेबाली बिधामा कृषि उपज प्रर्दशनी गरिएको छ । अन्नपूर्ण गाउँपालिका–६ घारका कृषि तेजबहादुर बरुवालले १२ दशमलब ५ किलोग्राम तौल भएको एउटै काउली पनि प्रर्दशनीमा ल्याउनुभएको छ ।

म्याग्दीमा पाइने विभिन्न प्रजातिका रैथाने बालीहरुलाई पनि प्रर्दशनीमा राखिएको छ । सिमि, सिस्नोको धुलो, भाँगो, धान, कोदो, लट्टे, जुनेलो, भट्ट, हलहले, च्याउ, सिलाम, गौरीया, गुडुरा, जर्नेली लगायत २० भन्दा बढी रैथाने प्रजातिका बालीको प्रर्दशनी गरिएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले विभिन्न विधामा उत्कृष्ट हुने कृषकहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिने जानकारी दिनुभयो । म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यम विकास समितिले आयोजना गरेको दशौ माघे संक्रान्ति मेलाको अवसरमा कृषि मेला प्रर्दशनी गरिएको हो ।

राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८० को अवसरमा रैथाने बालीको प्रर्दशनी गरिएको केन्द्रका प्राविधिक श्यामशरण कुर्मीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...