राष्ट्रपति रनिङ्ग शिल्डमा पदक जितेका मुक्तीमार्गका खेलाडीलाई सम्मान

Gandaki Pardesh notice

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तीमार्ग माविले गाउँपालिका र जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई आइतबार सम्मान गरेको छ ।

स्वर्ण, रजत र कास्य पदक जितेका खेलाडीहरुलाई क्रमश जनही रु. दुई हजार, एक हजार पाँच सय र एक हजार सहित सम्मान गरेको हो । मुक्तिमार्गका खेलाडीहरुले १० स्वर्ण, ४ रजत र पाँच कास्य पदक जितेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद बरुवालको अध्यक्षता, सहायक प्रअ रामकृष्ण खड्काको सञ्चालन, प्रअ ठकराज बरुवालको स्वागत र वडा अध्यक्ष रामबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मुक्तिमार्गका खेलाडीहरुले पहिलो पटक पालिका र जिल्ला स्तरीय प्रतियोगितामा सहभागि भएर उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । खेलाडी, खेल शिक्षक र प्रशिक्षक तथा व्यवस्थापकको मेहनतका कारण उत्कृष्ट प्रर्दशन गर्न सफल भएका थिए ।

खेलाडीहरुको प्रोत्साहनका लागि वडा अध्यक्ष खड्काले रु. पाँच हजार व्यवस्थापन समितिका अध्यक्ष बरुवालले चार हजार पाँच सय प्रदान गर्नुभएको थियो । सोही अवसरमा दोस्रो चौमासिक परिक्षाको नतिजा पनि सार्वजनिक गरिएको शिक्षक बिमल बरुवालले जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...