ह्विलचियरकै सहाराले गोल्ड मेडल जितेका केशव

Gandaki Pardesh notice

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीका ३२ वर्षीय केशव थापाको खेलाडी बनेर प्रतिभा देखाउने र देशलाई चिनाउने सानै देखिको सपना थियो ।

वि.स. २०६७ पुष २७ गते घाँस काट्ने क्रममा रुखबाट लडेपछि स्नातक तहको पहिलो वर्ष अध्ययन गर्दै गरेका थापाको कम्मर भन्दा तलको भाग नचल्ले भयो ।

१८ महिना अस्पताल र पुनस्थापना केन्द्रमा उपचार गरेपछि मेरुदण्ड पक्षघात (स्पाइनल इन्जुरी) भएका थापा ह्विलचियरको साहरामा हिडडुल गर्नुहुन्छ । पढाई र खेलमा अब्बल थापा शारिरिक अवस्था प्रतिकुलताको वावजुद लक्ष्य हासिल र सपना पुरा गर्न हिम्मत हार्नुभएन् ।

Shreekrishna hardwear in news

थापाले ह्विलचियरकै साहराले शारिरिक अपाङ्गता भएकाहरु बीच हुने पारा टेबल टेनिसको एक वटा अन्तराष्ट्रिय र छ वटा राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ । समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

“बास्केटबलमा मेरो रुची र अनुभव थियो,” उहाँले भन्नुभयो “शारिरिक अवस्था प्रतिकुल भएपछि नेपाल अपाङ संघले सञ्चालन गरेको खगेन्द्र नवजिवन गृहमा बसेर पढाईलाई निरन्तरता सँगै ह्विलचियरमै बसेर टेबल टेनिस र बास्केटबल खेल्न सिके । प्रतियोगिताहरुमा भाग लिएर सफल पनि भए ।”

आत्मविश्वास, निरन्तरको अभ्यास र मेहनतका कारण खेलकुद र पढाईलाई सँगसँगै अघि बढाउन सफल भएको थापाको अनुभव छ । पुनस्थापना केन्द्रमा बस्दा समय व्यवस्थापनका लागि आफु जस्तै अन्य साथीहरु खेलेको देखेर थापाले ह्विलचियरमा बसेर टेबल टेनिस खेल्न सिक्नुभएको थियो ।

Bhautik ministry notice about road

सन २०१४ मा बंगलादेशमा भएको पारा टेवल टेनिस प्रतियोगितामा थापाले स्वर्ण पदक दिलाउनुभएको थियो । नेपालको प्रतिनिधित्व गरेर उहाँले सन २०१८, २०१९ र २०२२ मा भएको पारा एसियन टेवल टेनिस च्याम्पीयनसिप प्रतियोगितामा भाग लिनुभएको थियो ।

पोल्याण्ड, जापान र थाईल्याडमा भएको छनौट खेलमा सहभागि हुनुभएका थापाले भुटानमा पारा टेबल टेनीसको अन्तराष्ट्रिय कोच सम्वन्धी पहिलो तहको तालिम लिनुभएको छ । राष्ट्रिय स्तरको प्रतियोगितामा छ वटा स्वर्ण पदक जितेका थापाले अपाङ्ग मात्र नभई सपाङ्गहरुलाई पनि टेबल टेनिस खेल सम्बन्धी प्रशिक्षण दिनुहुन्छ ।

आगामी सन २०२४ मा पेरिसमा हुने पारा ओलम्पिकको छनौट खेलको तयारीमा रहेका थापा मे महिनामा पाराओलम्पिक वल्र्ड क्वालिफिकेसन च्याम्पीयनसिपमा भाग लिन थाईल्याड जाने तयारीमा हुनुहुन्छ ।

थापालाई युवा तथा खेलकुद मन्त्रालयले वि.स. २०७८ मा रु. एक लाख राशीको खेल प्रतिभा पुरस्कार प्रदान गरेको थियो । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ ले वि.स. २०७६ मा ‘एनएनआईपीए अवार्ड’ बाट सम्मान गरेको थियो । धवलागिरी गाउँपालिकाले यही पुष २६ गते २१ औ गाँउसभाको अवसरमा रु. दश हजार पाँच सय नगद सहित थापालाई पुरस्कृत गरेको थियो ।
अपाङ्गता भएर पनि खेलकुदको माध्यमबाट आफ्नो गाउँठाउँ र देशलाई चिनाउन योगदान गरेका थापालाई प्रोत्साहनका लागि सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीले बताउनुभयो ।

थापा स्पाइनल इन्जुरी नेटवर्कले काठमाडौमा सञ्चालन गरेको विद्यालयमा स्पाइनल इच्जुरी भएका बालबालिकाहरुले पढ्ने विद्यालयमा शिक्षण गर्नुहुन्छ । सो विद्यालयमा हाल १५ जना बालबालिका छन् । अनलाइनमा आधारित अपाङ्गता सहायता सामग्रीको व्यवसायलाई थापाले जिविकोपार्जनको माध्यम बनाउनुभएको छ ।

सरकारले मेरुदण्ड पक्षघात भएकाहरुका लागि उपलब्ध गराउने मासिक रु. पाँच हजार औषधी उपचार खर्च थापाले पनि पाउनुहुन्छ । “धेरै वर्षको प्रयासपछि वि.स. दुई वर्षदेखि स्पाइनल ईन्जुरी भएकाहरुका लागि सरकारले औषधी उपचार खर्चको व्यवस्था मिलाएको छ,” उहाँले भन्नुभयो “सार्वजनिक संरचना र शौचालय अपाङ्गमैत्री बनाउन, मेरुदण्ड पक्षघात भएकाहरुको शिक्षामा पहुँच बढाउन पैरवी गरिरहेका छौ ।”

थापा ‘ह्वीलचियर’ को सहारा लिने मानिसहरुको आत्मविश्वास बढाउने उद्देश्यले स्थापना भएको ‘मेरुदण्डीय पक्षघात समूह नेपाल’ को महासचिवको जिम्मेवारीमा पनि हुनुहुन्छ । दाताको सहयोग जुटाएर छात्रावासको व्यवस्था मिलाएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...