राहुघाट जलविद्युत आयोजनाको ‘डिसेन्डर’ निर्माण शुरु

Gandaki Pardesh notice

बेनी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माण शुरु भएको छ ।

राहुघाटको प्रर्वद्धक प्राधिकरणको सत प्रतिशत लगानीमा स्थापित रघुगंगा हाइड्रोपावर लिमिटेड हो । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम र वडा न. ५ झिँ को फेदीमा ११९.७ मिटर लामो, ३१ मिटर चौडाई र १६ मिटर अग्लो डिसेन्टर बनाउन थालिएको हो ।

झिँ तर्फको भुगोलमा निर्माण भएको ११२ मिटर लामो, ११९.७ मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुुलुुसबाट खोला डाइभर्सन गरेर दग्नामतर्फको भूगोलमा डिसेन्डर बनाउन थालिएको आयोजना व्यवस्थापक राज विष्टले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“अण्डर सुुलुुस र स्पिल वे निर्माण सकेर डिसेण्डर बनाउन शुरु भएको छ,” उहाँले भन्नुुभयो “३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण अन्तिम चरणमा पुुगेको छ ।” राहुघाट जलविद्युत आयोजनाको आगामी २०२५ मार्च महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने कार्ययोजना सहित काम भैरहेको छ ।

Bhautik ministry notice about road

वि.स. २०७४ मंसिरमा रु. छ अर्बमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार भारतको जयप्रकाश एसोशियट्ले हालसम्म ६५ प्रतिशत काम गरेको प्रर्वद्धक कम्पनी रघुुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुुभयो । ५० प्रतिशत वित्तीय प्रगति भएको छ ।

सुरुङ ९० प्रतिशत र विद्युतगृह निर्माणको काम पचास प्रतिशत भन्दा बढी सकिएको छ । ६ किलोमिटर २ सय मिटर सुरुङ मध्य पाच किलोमिटर ६०० मिटर सुरुङ निर्माण सकिएको छ । सुरुङबाट आउने पानीलाई रघुगंगा गाउँपालिका–३ पिप्ले देखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृहमा खसाल्ने १९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । विद्युतगृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघिनै जोडिएको थियो । अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्ट सम्मको ५४१ मिटर मध्य ४५० मिटर सुरुङ निर्माण सकिएको छ ।

विद्युतगृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ । विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले विद्युतगृहका उपकरण जडान गर्न थालेको छ ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण भइरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...