मुस्ताङमा आलु उत्पादन घट्यो

Gandaki Pardesh notice

बेनी, मुस्ताङमा यस वर्ष आलु उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले आलु उत्पादन घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले डढुवा रोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको बताउनुभयो । गत वर्ष नौ हजार ६०३ मेट्रिक्टन आलु उत्पादन भएको थियो । यसवर्ष छ हजार ३६३ मेट्रिक्टन आलु उत्पादन भएको केन्द्रका प्रमुख बस्ताकोटीले बताउनुभयो ।

“यसपाली आलुको बोट हुर्कने समयमा लगातार बर्षा हुँदा वृद्धि विकास राम्रो हुन सकेन्,” बस्ताकोटीले भन्नुभयो “डढुवा रोगका प्रकोप पनि आलु उत्पादन घट्नुको अर्को कारण हो ।”
गत वर्षको तुलनामा तीन हजार २४० मेट्रिक्टन कम आलु उत्पादन भएको केन्द्रको तथ्याङ्क छ । स्थानीय तहका कृषि शाखासँग समन्वय गरी आलुको क्रप कटिङ गरिएको थियो । चैत–वैशाख महिनामा लगाइने आलु असोज–कात्तिक महिनामा भित्र्याउने गरिन्छ ।

Shreekrishna hardwear in news

गत वर्ष प्रतिहेक्टर ३० दशमलब ७८ मेट्रिक्टन आलु उत्पादन भएकोमा यस वर्ष २० दशमलब २ मेट्रिक्टन फल लागेको छ । मुस्ताङको ३१५ हेक्टर क्षेत्रफल जमिनमा आलु खेती हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा यसपाली आलु खेती हुने ३ हेक्टर जमिन विस्तार भएको थियो ।

मुस्ताङको चिसो हावापानीमा उत्पादन भएको ७० प्रतिशत आलु पोखरा, काठमाडौ, चितवन लगायतका बजारमा निकासी हुने गरेको छ । २० प्रतिशत आलु विउ र १० प्रतिशत उपभोगका लागि जिल्लाभित्रै खपत हुन्छ । प्रतिकिलो सरदर रु. पचासका दरले आलु बिक्री हुन्छ ।

Bhautik ministry notice about road

गत वर्ष रु. ४८ करोड ९ लाख मूल्य बराबरको आलु उत्पादन भएको थियो । यसपाली उत्पादन भएको आलुको मूल्य रु. ३१ करोड ८१ लाख हुन्छ । हिमाली चिसो हावापानीमा प्राङगारिक विधिबाट विषादीको प्रयोग विना उत्पादन भएको मुस्ताङको आलुको बजारमा उच्च माग रहेको कृषक रोशन थकालीले बताउनुभयो ।

“प्रतिपाथी रु. १५० का दरले आलु बिक्री हुने गरेको छ,” उहाँले भन्नुभयो “प्रतिपाथीमा ३ केजी आलुको तौल हुन्छ ।” बारीमा नखन्दै ब्यापारीले अग्रिम पैसा दिएर आलु खरिद गर्छन् ।

मुस्ताङ घुम्न जानेहरुले कोशेलीको रुपमा आलु किनेर लैजाने गर्छन् । स्वादीलो हुने भएकाले मुस्ताङको आलु उपभोगका लागि रुचाउने र माग बढेको हो । अन्य ठाउँको तुलनामा मुस्ताङी आलुको स्वाद फरक पाइन्छ ।

रासायनिक मलको प्रयोग विनानै आलु खेती गरेका छन् । भेडा—च्याङग्रा, गाई, गोरु र चौरीको मल प्रयोग गर्छन् । मुस्ताङ्गी आलुलाई पोखरा, बेनी, बागलुङ, काठमाडौ, चितवन लगायत देशका विभिन्न शहरका होटलमा विभिन्न परिकार बनाउन प्रयोग हुने गरेको छ ।

आलु खेती गर्ने कृषकलाई प्रदेश सरकार मार्फत यसपाली प्रतिरोपनी रु. सात हजार पाँच सय अनुदान दिने कार्यक्रम रहेको छ । रोगकिरा नियन्त्रण र व्यवस्थापनका लागि प्राविधिक सहयोग गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...