म्याग्दीका शिक्षकहरु प्रदेश स्तरीय नृत्य प्रतियोगितामा दोस्रो

Gandaki Pardesh notice

पोखरा, । म्याग्दीका शिक्षकहरुले शनिबार पोखरामा भएको प्रदेश स्तरीय शिक्षकहरुबीचको नृत्य प्रतियोगितामा दृतीय स्थान हाँसिल गरेका छन् ।

म्याग्दी जिल्ला स्तरीय प्रतियोगिताबाट छनौट भएका अन्नपूर्ण गाउँपालिका–५ को शिख माविका शिक्षकहरु प्रदेश स्तरीय प्रतियोगितामा दोस्रो भएका हुन् । शिख माविको गिता पौडेल गुरुङ, हेमा पुर्जा, टकमाया पुन र भेउरानी पाईजा पुनको टोली दोस्रो भएको हो ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

पर्वतका शिक्षकहरु पहिलो र लमजुङका दोस्रो भएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तरगतको शिक्षा विकास निर्देशनालयले प्रतियोगिताको आयोजना गरेको हो । दोस्रो भएका म्याग्दीका कलाकारहरुले प्रमाणपत्र र नगद रु. बीस हजार पुरस्कार प्राप्त गरेका छन् । विद्यार्थीहरुबीचको बक्तृत्वकला प्रतियोगितामा प्रकाश माविका टेनिस छन्त्याल तृतीय हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...