मरेककी अम्बिकाको हराएको दश दिनपछि शब भेटियो

Gandaki Pardesh notice

कुटपिटबाट घाइते भएका कोटगाउँका डम्मरको स्वास्थ्यमा सुधार

बेनी । १० दिनदेखि बेपत्ता म्याग्दीको बेनी–३ मरेककी एक बृद्धाको आइतबार शव फेला परेको छ । कात्तिक ६ गते बेपत्ता भएकी करिब ८१÷८२ वर्षीया अम्बिका शेरपुञ्जा खरबारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

स्थानीयले शव भेटिएको जानकारी गराएपछि बेनीबाट प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरी र तातोपानी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक रबी आचार्यको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरिक्षक किरणजंङ्ग कुँवरले बताउनुभयो ।

Shreekrishna hardwear in news

यसैबीच रघुगंगा–६ कोटगाउँमा युवा समूहबीच कुटाकुट हुँदा घाइते भएका ३५ वर्षीय डम्मर पुनको स्वास्थ्यमा सुधार आएको छ । शनिबार राती रातमाटाका राजिन पाइजा, टिपेन पाइजा, रिजन शेरपुञ्जा लगायन ६÷७ जना युवाको समूहको कुटपिटबाट घाइते भएका पुनलाई आइतबार बिहान प्रभु एयरको हेलिकप्टरबाट मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो ।
टाउको र दायाँ हातमा चोट लागेर बोल्न नसक्ने अवस्थामा रहेका पुनलाई बेनी अस्पतालले पोखरा रिफर गरेको थियो । पुनको स्वास्थ्यमा सुधार आएर खतरामुक्त भएका र कुटपिटमा संलग्नको खोजी भैरहेको डिएसपी कुँवरले बताउनुभयो ।

कुटाकुट भएपछि पुनलाई सडकबाट भिरमा खसालेर भागेका थिए । स्थानीयबासी र पाखापानी प्रहरी चौकीको टोलीले आइतबार बिहान भिरमा अड्कीएको र बेहोस अवस्थामा पुनलाई उद्धार गरेका थिए । प्रहरी निरिक्षक ध्रुबप्रसाद शर्माको टोली कोटगाउँ पुगेर अनुसन्धान र फरार व्यक्तिहरुको खोजी सुरु गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...