म्याग्दीको रणनीतिक महत्वका दुई सडक आयोजना कार्यान्वयन

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रणनीतिक महत्वका दुई वटा सडक स्तरोन्नति गर्ने आयोजना कार्यान्वयन भएको छ ।

चालु आर्थिक बर्ष २०८०÷०८१का लागि म्याग्दीमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट बिनियोजन गरेका योजनाहरु म्याग्दीको धेरै बस्ती समेटिने, कृषि, पर्यटन र समग्र ग्रामिण विकासको आधार भएकाले रणनीतिक मानिएको हो । दशकौ देखिको प्रयास र प्रतिक्षापछि रणनीतिक महत्वका सडक कालोपत्र सहित स्तरोन्नतिको प्रक्रीया अघि बढेपछि स्थानीयबासीमा आशा जागेको छ ।

बहुबर्षिय योजनाको लागि छनौट, स्रोत सुनिश्चितता भएको बेनी–तोरीपानी सडक रु २० करोड र म्याग्दीको पश्चिम भेग हुँदै जाने दरबाङ–मुना–ढोरपाटन सडक योजनालाई रु २५ करोड बजेटबाट स्तरोन्नती गर्ने गरि ठेक्का आह्वान गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर विष्णु पौडेलले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

बेनी–अर्थुङ्गे–तोरीपानी हुँदै पाखापानी जोड्ने सडकखण्ड अन्तरगत नेप्टेचौरसम्म सडक कालोपत्रे गर्ने र त्यहाँदेखि तोरीपानीसम्म ढलान, ग्राभेल, नाली निर्माण गरेर सडक स्तरोन्नती गरिने कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

‘‘यो सडकखण्डमा बेनी नगरपालिकाले समेत सडक स्तरोन्नती योजना अघि बढाएको छ, नगरपालिकाले काम गर्ने ठाउँदेखि अघिबाट हामीले काम गर्ने गरि लगत स्टिमेट बनाएका छौँ, यो योजनाबाट ४ दशमलब ३ किलोमिटर सडक स्तरोन्नती गर्ने लक्ष्य रहेको छ’’–उहाँले भन्नुभयो ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनबाट प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट उम्मेवदार बन्नुभएका नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर भण्डारीले बेनी–पाखापानी सडकलाई कालोपत्रे सहित स्तरोन्नती गर्ने पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

“निर्वाचनमा गठबन्धनको तर्फबाट जनतासमक्ष गरिएका विकास निर्माणका प्रतिबद्धता अनुसार योजनाहरुको कार्यान्व्यन सुरु भएको छ, यो बर्ष जिल्लामा सडक पूर्वाधार तर्फ अहिलेसम्मकै धेरै योजना र बजेट भित्रिएको छ, यसको प्रभाबकारी कार्यान्वनय गर्न सबै क्षेत्रबाट रचनात्मक भूमिका जरुरी छ’’–प्रदेश सभा सदस्य भण्डारीले भन्नुभयो “तोरीपानीदेखि अगाडीको सडकलाई समेत स्तरोन्नती गर्न आगामी बर्षको बजेटमा निरन्तरता दिन्छौ ।”

Bhautik ministry notice about road

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत विनियोजन भएको बजेटबाट नै दरबाङ–मुना–ढोरपाटन सडकको ताकम धारापानीदेखि सिवाङसम्मको करिब साढे ६ किलोमिटर सडक फराकिलो, नाली निर्माण, ग्राभेल र ढलान गरी सडक स्तरोन्नति गर्न रु २५ करोडको ठेक्का आह्वान गरिएको छ । यस सडकखण्डको ताकम बस्तीमा सडकलाई कालोपत्रे गरिने कार्यालयले जनाएको छ ।

जिल्लाबाट यस बर्ष बहुबर्षिय योजनामा कार्यान्वयन गर्न लागिएका ७ वटा योजनामध्ये स्रोत सुनिश्चिता भएर ठेक्का आह्वान भएका यि दुई योजनालाई आगामी चैत महिनादेखि निर्माण व्यवसायिलाई कार्यक्षेत्रमा परिचालन गर्ने गरि तयारी थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यस बर्ष जिल्लामा बहुबर्षिय योजना अन्तरगत पाँच वटा सडकका योजना र दुई वटा पुल गरी सात वटा ठुला योजना कार्यान्वयनका लागि रु. एक अर्ब भन्दा बढी बजेटको स्रोत सुनिश्चितता गरेर प्रक्रिया अगाडि बढाइएको म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित प्रदेश सांसद समेत रहनुभएका प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारबाट मालिकाको दरबाङ–बिम–दिच्याम सडक स्तरोन्नतिका लागि रु चार करोड बजेट विनियोजन भएको छ । मङ्गलाको पोखेर–बरन्जा हुँदै बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक र बेनीको हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै मुसुङ सडक योजनामा दुई÷ दुई करोड बजेट विनियोजन भएको छ ।

यसै गरी मालिकाको दरबाङ–अदिभरा, डाँडागाउँ–सोले हुँदै बागलुङको तमान बुर्तिबाङ जोड्ने सडक योजनाका लागि रु दुई करोड रकम विनियोजन भएको छ । यस्तै सडक पुलतर्फ धवलागिरि गाउँपालिकाको खोरियादेखि लमसुङ जोड्न दरखोलामा मोटरेबल पुल निर्माणका लागि रु ८० लाख, मालिका गाउँपालिका–७, बिम र धवलागिरि गाउँपालिका–६, मराङ जोड्ने शिवरात्रि खोलामा पुल निर्माणका लागि रु पचास लाख बजेट विनियोजन भएको छ ।

विनियोजन भएको बजेटलाई कुल अनुमानित लागतको २० प्रतिशत मानेर स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्कामार्फत योजना कार्यान्वनयमा लैजान थालिएको मन्त्री जुज्जालीले बताउनुभयो ।

‘‘धेरै भुगोलाई समेट्ने गरि सडक र पुलतर्फका योजनालाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजान पहल थालेका छाँै,” उहाँले भन्नुभयो “हिउँदयाममा नै कायान्वयनमा जाने गरि बजेट व्यवस्थापन र स्रोतको सुनश्चिता गराउनेतर्फ हाम्रो जोड रहेको छ, दुई बहुबर्षिय योजनामा ठेक्का लाग्यो, अरु प्रकृयामा छन ।’’

गण्डकी प्रदेश सरकारबाट यस बर्ष म्याग्दीमा ६ वटा क्रमागत योजना सहित ५५ वटा सडक योजनाको लागि बजेट विनियोजन भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार, नौ वटा योजनाको सम्झौता भएको छ । १० वटा ठेक्का प्रकृयामा रहेका छन् । धवलागिरि गाउँपालिका–१ गुर्जालाई सडक सञ्जालले जोड्ने गरि रु. दुई करोड बजेट विनियोजन भएको लुलाङ–गुर्जा मोटरबाटो योजनाको विनियोजित रकमको कार्यान्वनयको लागि भने गाउँपालिकालाई नै अख्तियारी दिइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...