रघुगंगा हाइड्रोपावरको सातौ साधारणसभा

Gandaki Pardesh notice

काठमाडौ, । म्याग्दीमा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक रघुगंगा हाइड्रोपावरको सातौ वार्षिक साधारणसभा बिहिबार काठमाडौमा सम्पन्न भएको छ ।

कम्पनीले म्याग्दीको रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणको दरबारमार्ग स्थित सभाहलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष समेत रहनुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

सभामा कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले भौतिक, वित्तिय सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा कम्पनीका सञ्चालक समिति सदस्य प्रदिपकुमार थिके, नेपाल विद्युत प्राधिकरणका सह निर्देशक बसन्त कुमार ढुगाना, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठ, कम्पनीका सचिव श्रीराम खड्का लगायत सहभागि हुनुभएको थियो ।

Shreekrishna hardwear in news

प्राधिकरणको शत प्रतिशत शेयर लगानीमा बि.स. २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेड प्रर्बधक रहेको राहुघाट जलविद्युत आयोजनाको ६५ प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ ।

बाँध, सुरुङ, विद्युतगृह, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फको कामले तिब्रता पाएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम र वडा न. ५ झिँ को फेदीमा ११९.७ मिटर लामो, ३१ मिटर चौडाई र १६ मिटर अग्लो डिसेन्टर बनाउनका लागि २०८० मंसिर १४ गतेका दिन खोला फर्काइएको छ ।

दग्नामतर्फको भूगोलमा डिसेन्डर बनाउन झिँ तर्फको भुगोलमा निर्माण भएको ११२ मिटर लामो, ११९.७ मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर स्लुुसबाट खोलामा बगाइएको छ । ३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण अन्तिम चरणमा पुुगेको छ ।

पिप्लेमा निर्माण भएको ६१ मिटर गहिरो सर्ज साफ्टलाई फिनिसिङ गर्ने काम सकिएको छ । रघुगंगा गाउँपालिका–३ पिप्ले देखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृहमा सुरुङबाट आउने पानीलाई विद्युत गृहमा खसाल्ने १९६ मिटर भर्टिकल प्रेसर साफ्ट (ठाडो सुरुङ) २०८० बैशाख ४ गते ब्रेक थ्रु भएको थियो ।

Bhautik ministry notice about road

विद्युतगृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघिनै जोडिएको थियो । टप प्रेसर साफ्ट जोड्ने ५४९ मिटर मध्य ४९८ मिटर सुरुङ खनिएको र ५१ मिटर खन्न बाँकी छ । टप प्रेसर साफ्ट देखि भर्टिकल सर्ज साफ्ट जोड्ने १९६ र भर्टिकल प्रेसर साफ्ट देखि वटम प्रेसर साफ्ट जोड्ने ३१९ सुरुङ यसअघिनै निर्माण भएको थियो ।
भर्टिकल प्रेसर साफ्टको ब्रेक थु्रु, बाँधमा खोला फर्काएर डिसेण्डर निर्माण शुरु गरिनुलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिइएको छ । बाँध, अधेरीखोला, पिप्ले र तिल्केनीचौरको चार वटा अडिटबाट सुरुङ निर्माणलाई तिब्रता दिइएको छ । अडिट १ बाट बाँधतर्फ जाने ७५ मिटर लामो सुरुङ जोडिएको छ । छ हजार २७० मिटर लामो सुरुङ मध्ये हालसम्म पाँच हजार छ सय मिटर निर्माण सकिएको छ ।

बेनी–जोमसोम सडकको छेउमा पर्ने रघुगंगा गाउँपालिका वडा न. ३ को तिल्केनीचौरमा बिद्यूतगृहका सिभिल कार्यको मुख्य संरचना निर्माण सम्पन्न भई विद्युतगृहको सेन्ट्रल फ्रेमवक र टर्वाइन हाउजीङ काम भैरहेको छ । विद्युतगृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने टेलरेस डक्टको करिब ३० प्रतिशत कार्य भई सकेको छ । विद्युतगृहको संरचना निर्माण सकेर टर्वाइन, जेनेरेटर राख्ने ठाउँ तयार पार्ने काम भइरहेको छ ।

विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले विद्युतगृहका उपकरण आयात र जडान गर्न थालेको छ । यस आयोजनाबाट आगामी २०२५ मार्च महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने कार्ययोजना सहित काम भैरहेको छ ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण भइरहेको छ ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएल सँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण अघि बढाइएको थियो ।
बि.स. २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक रु. चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरि बिद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ । पिप्ले र मौवाफाँट खण्डको पहुँचमार्गमा मेसोनरी, ग्यावीयन पर्खाल, नाली निर्माण र खोल्सामा ह्युम पाइप राखिएको छ । राहुघाट जलबिद्युत आयोजनाले निर्माण गरेको पहुँचमार्ग र पुल बाट प्रभावित क्षेत्रका बासिन्दाहरुलाई पनि सुबिधा पुगेको छ ।

पिप्लेमा कम्पनीको तथा परामर्शमदाताका कर्मचारीको लागि आवास तथा कार्यालय संचालनको लागि १५ वटा भवन निर्माण भइ सकेको छ । राहुघाटबाट उत्पादन हुने बिद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रशारण लाइन पनि बनिसकेको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत रघुगंगा गाउँपालिकासँग समन्वय गरेर शिक्षा, स्वास्थ्य र विकास निर्माण सम्बन्धी बिभिन्न कार्यक्रम गरेको छ । यस वर्ष आयोजनाको सहयोगमा रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा निर्माणाधिन स्वास्थ्य चौकीको भवन र दग्नामको खेलमैदान संरक्षण गर्न पर्खाल निर्माण भएको छ । रघुगंगा गाउँपालिका वडा नम्बर ३ मौवाफाँटमा खेलमैदान निर्माणका लागि पर्खाल निर्माण र पिप्लेको धरमपानी आमा समूहको भवन निर्माणमा पनि आयोजनाले सहयोग गरेको छ ।

मौवाफाँटको ज्ञानोदय र पिप्लेको रघुगंगा माविमा एक÷एक जना शिक्षकको लागि तलब सहयोग गरेको छ । सुरुङ खन्दा गरिने बिस्फोटनको कम्पनका कारण चर्किएका र पहुँचमार्गको पहिरोको जोखिममा परेका, क्षति भएका घरहरुको लागि मर्मत खर्च उपलब्ध गराएको छ ।

उर्जा जलस्रोत तथा सिचाई मन्त्री माननीय शक्तिबहादुर बस्नेत लगायत प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधि, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, जिल्लाका सुरक्षा अधिकारी र समुदाय स्तरबाट यस आयोजनाको अनुगमन र निरिक्षण गरि सल्लाह, सुझाव र निर्देशन प्राप्त भएको आयोजनाले जनाएको छ ।

गत बर्खामा बुक्लमा विगतका बर्षमा जस्तो पहिरो नखसेकाले बाँध र अडिट १ बाट सुरुङ निर्माण गर्न सहज भएको थियो । सर्वोच्च अदालतको २०७८ असार २९ को आदेस पछि कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टि र बालुवा उत्खनन् रोकिदाँ आयोजना निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको अभाव हुनु चुनौतिका रुपमा देखिएको छ । राहुघाट जलविद्युत आयोजनाबाट समग्र देशको विद्युतका साथै जिल्ला, पालिका र समुदायको आर्थिक, सामािजक र भौतिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...