पाखापानीको कोटगाउँमा युबा समूहबीच कुटाकुट

Sinchai Khanipani notice

गम्भिर घाइतेलाई हेलिकप्टरबाट पोखरा लगियो

बेनी। म्याग्दीको रघुगंगा–६ कोटगाउँमा युवा समूहबीच कुटाकुट हुँदा एक जना गम्भिर घाइते भएका छन् ।

गम्भिर घाइते भएका कोटगाउँका ३५ वर्षीय डम्मर पुनलाई आइतबार प्रभु एयरको हेलिकप्टरबाट मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

शनिबार राती युवाहरुको दुई समूहबीच कुटाकुट हुँदा घाइते भएका पुनको अवस्था गम्भिर रहेको म्याग्दीका प्रहरी नायव उपरिक्षक किरनजंङ्ग कुँवरले बताउनुभयो । कुटाकुटपछि बेपत्ता पुनलाई खोज्ने क्रममा स्थानीयले बिहान भिरमा अड्कीएको अवस्थामा फेला परेर उद्दार गरी बेनी अस्पताल ल्याएका थिए ।

‘अर्को समूहले कुटपिट गरेर पुनलाई भिरमा खसालेको बुझिएको छ,’ डिएसपी कुँवरले भन्नुभयो ‘बेनीमा उपचार हुन नसकेपछि पोखरा पठाइएको हो ।’ कोटगाउँ र रातामाटाका युवाको समूहबीच कुटाकुट भएको थियो ।

प्रहरी निरिक्षक ध्रुबप्रसाद शर्माको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । कुटाकुटमा संलग्नको खोजीमा प्रहरी परिचालन भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...