आठ सय मिटरको दौडमा चम्किएका हेमराज

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविका हेमराज रसाईलीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण पदक हात पार्नुभयो ।

Bhautik ministry notice about road

ताकम माविको कक्षा १० मा अध्ययरत १५ वर्षीय हेमराज प्रदेश स्तरीय प्रतियोगितामा छनौट हुनुभएको छ । खेलमा लगाव र मेहनती हेमराजले प्रदेश स्तरीय प्रतियोगितामा म्याग्दीलाई पदक दिलाउने लक्ष्यका साथ तयारीमा जुटेका ताकम माविका शिक्षक सुमन केसीलेब ताउनुभयो ।

पुष २ देखि ४ गतेसम्म शिवाङमा भएको पालिका स्तरीय प्रतियोगितामा पन्ध्र सय र आठ सय मिटर तथा रिले दौडमा उत्कृष्ट प्रर्दशन गरेका थिए । दुर्गम क्षेत्रबाट सदरमुकाममा आएर उत्कृष्ट खेल प्रर्दशन गरेका हेमराजबाट गाउँपालिका र खेलकुद विकास समितिले पदकको आशा गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...