गलेश्वर माविको विद्यार्थी पढाऔ अभियानको वार्षिकोत्सव

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा स्थापना भएको विद्यार्थी पढाऔ अभियानको प्रथम वार्षिकोत्सव तथा छात्रवृत्ति हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययनरत जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापित अभियानमा हालसम्म विभिन्न व्यक्तिहरुले जन्मदिनको अवसरमा रु. दुई लाख ५० हजार नगद सहयोग गरेका कार्यक्रममा जानकारी गराइएको थियो ।

Bhautik ministry notice about road

वार्षिकोत्सवको अवसरमा २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । अभियानका संयोजक दामोदर शर्माको अध्यक्षता, प्रअ गणेश बानियाको स्वागत र सचिव सन्दिप खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडा सदस्य शारदा बिक रहनुभएको थियो ।

Shreekrishna hardwear in news

विद्यालयका सल्लाहकार गंगाबहादुर बानिया, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमुना श्रेष्ठ, शिक्षक तेजबहादुर राईले मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा वडा सदस्य झलक बिक पनि उपस्थित हुनुहुन्थ्यो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...