खेलाडीलाई बेनी नगरपालिकाको नगद सहित सम्मान

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पदक दिलाउने खेलाडीहरुलाई आइतबार सहित सम्मान गरेको छ ।

बेनीमा शनिबार सम्पन्न नवौ म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बेनी नगरपालिकाले १५ स्वर्ण, १२ रजत र ७ कास्य पदक जितेको थियो । नगरपालिकाले लगातार चौथो पटक राष्ट्रपति रनिङ्ग शिल्ड जितेको हो ।

Bhautik ministry notice about road

पदक जितेका ६३ जना खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले जानकारी दिनुभयो । स्वर्ण, रजत र कास्य पदक जितेका खेलाडीलाई क्रमश ः जनही रु. एक हजार पाँच सय, एक हजार र पाँच सयका दरले नगद पुरस्कार प्रदान गरिएको छ ।

Shreekrishna hardwear in news

एक जना खेलाडीले रु. पाँच हजार पाँच सय सम्म नगद पुरस्कार प्राप्त गरेका छन् । नगरप्रमुख सुरत केसीले पुरस्कार वितरण गर्दै खेलाडीहरुलाई हौसला र प्रोत्साहन गरिने बताउनुभयो । खेलाडी स्नेहा गर्बुजाले नगरपाकिलाको सम्मानले उत्साहीत बनाएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...