काउलेगौडाका आशिष ¥याप गायनमा

Sinchai Khanipani notice

बेनी । बेनी नगरपालिका–९ काउलेगौडाका १९ वर्षीय आशिष बस्नेत सिभिल इञ्जिनियरीङका बिद्यार्थी हुन् ।

तोरीपानीको गलेश्वर माविमा सिभिल इञ्जिनियरिङ विषयमा कक्षा १० उतिर्ण गरेका बस्नेत हाल चितवनमा बसेर कक्षा १२ को परिक्षाको तयारीमा छन् ।

सानै उमेरदेखि गित गायनमा रुचि राख्ने बस्नेतले पछिल्लो समय आफ्नै युट्युब च्यानल खोलेका छन् । नकाब अफिसियल नामको युट्युब च्यानलमा आशिषले गाएका ¥याप गितका भिडियो हेर्न सकिन्छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

५ वटा ¥यापको भिडियो बनाएर युट्युबमा राखिसकेका छन् । पछिल्लो समय केही कलाकारहरुले ¥यापमा अश्लिल शब्दको प्रयोग गरेर बिवादमा परिरहेका छन् । तर आशिषले समसामयिक बिषय, दुख सुख, संघर्ष र जनजिवनमा आधारित बिषयमा ¥याप बनाएका छन् ।

सुरुमा मोवाइलले खिचेर ¥यापको भिडियो युट्युबमा राखेका आशिषले पछिल्लो समय भिडियो बनाउन आवश्यक उपकरण किनेका र सिकेका छन् । भिडियो आफै खिच्ने र सम्पादन गर्न थालेका छन् ।

युवा पुस्तामा ¥याप गितले मन जित्दै गएको छ । अध्ययनसँगै फुर्सदको समयमा आफ्नो प्रतिभालाई ¥याप मार्फत दर्शक माझ ल्याउन निरन्तरता दिने बस्नेत बताउनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...