गलेश्वर आदर्शको युरेसको बिरामी अभिभावकलाई सहयोग

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर आदर्श आवासीय माविको युवा रेडक्रस सर्कलले आइतबार एक जना बिरामी अभिभावकलाई आर्थिक सहयोग गरेका छन् ।
निमोनीया र चिनीरोगबाट थलिएका बेनी नगरपालिका–९ काउलेगौडाका गोविन्द चोखाल (गणेश)लाई रु. १५ हजार पाँच नगद सहयोग गरेका हुन् । जुरेसका पदाधीकारी सहित विद्यार्थी, शिक्षक नायक हरिहर गिरी, सहनायक सरिता शाही र सहायक प्रिन्सीपल ईन्द्र बरुवालको उपस्थितिमा गणेशको घरमै पुगेर रकम हस्तान्तरण गरिएको थियो ।

Bhautik ministry notice about road

सहयोग गरिएको रकम मध्य चार हजार २८१ गलेश्वरमा रहेको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मबाट र बाँकी गलेश्वर बजारमा संकलन गरिएको थियो । गणेशका छोरा पुरन चोखाल गलेश्वर आदर्शको कक्षा ४ मा अध्ययनरत हुनुहुन्छ । विद्यालयलाई पुरनलाई पाठ्यपुस्तक सहित पूर्ण छात्रवृत्ति सुविधा दिएको छ । चोखाल परिवारको कमजोर आर्थिक अवस्था भएकाले सहयोग गरिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...