संगिनीको अध्यक्षमा साधना श्रेष्ठ

Gandaki Pardesh notice

बेनी । बेनी स्थित संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ ।

नेपाल भाषा मंका खलःको हलमा शनिबार सम्पन्न ११ औं साधारण सभाले नँया कार्यकालका लागि पुनः श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा गौरी थापा मगर, सचिव देवी जिसी, कोषाध्यक्ष सर्मिला श्रेष्ठ रहनुभएको छ ।

Bhautik ministry notice about road

सदस्यहरुमा मेलिना पौडेल, बिमला पौडेल, याम कुमारी ढुंगाना, बिश्व कुमारी शेरचन, सुमित्रा गैरे, मिना जिसी भण्डारी र सुनिता केसी रहनुभएको छ । साधारण सभाको प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप प्रमुख दिल कुमारी खत्रीले उद्घाटन् गर्नुभएको थियो ।
उहाँले महिलाहरुको आर्थिक स्तरमा विकास भयो भने मुलिक सम्वृद्धि हुनेकुरामा जोड दिनुभयो । त्यसैगरी शेयर सदस्य एवं सम्मानित व्यक्तिको तर्फबाट बिष्णु गुरुङले मन्तब्य ब्यक्त गर्दै आफुले समयमा अध्ययन पुरा गर्न नसकेपनि पछी अहिले आएर एस इ इ उत्तीर्ण गर्न सकेको र यसरी सहकारीमा लागेर आर्थिक गतिविधिमा समेत संलग्नहुन पाउँदा गर्व लागेको बताउनुभयो ।

Shreekrishna hardwear in news

गुरुङ्गलाई ११ औं साधारण सभाको अवसरमा वर्ष २०७९ को एसईई परीक्षा उत्तीर्ण गर्नुभएकोमा संस्थाले नगद सहित सम्मान गरेको थियो । २०७९ सालको एसईई परीक्षामा ३.९० जीपीए प्राप्त गर्ने दीक्षित जिसीलाई समेत संस्थाले नगद सहित सम्मान गरेको छ । संस्थाले उत्कृष्ट बचतकर्ता अमृता खत्री र अशल करोबारकर्ता तुल माया पुनलाइ साधारण सभाको अवसरमा सम्मान गरिएको छ ।

वि.सं. २०६९ सालमा स्थापना भएको संगिनी बचत तथा ऋण सहकारी संस्था महिलाहरुद्वारा संचालित संस्स्था हो । हाल यस संस्थामा ५ सय २५ जना शेयर सदस्य र २ करोड ३९ लाख ३ सय शेयर पुंजी रहेको छ । आर्थिक वर्ष २०७९र८० मा संस्थाको बचत संकलन ३ करोड ७१ लाख ६४ हजार ४ सय र कर्जा लगानी ४ करोड ५४ लाख ३६ हजार ७ सय ५५ रहेको छ । कार्यक्रम संस्थाकी अध्यक्ष साधना कुमारी श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष नविना रावलको स्वागत र सदस्य देवी जिसीको संचालनामा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...