मुद्रण संघमा सन्दिप

Gandaki Ghumau

बेनी, । म्याग्दी मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री चयन हुनुभएको छ । संघको शनिबार बेनी नगरपालिका–६ चुत्रेनीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट खत्रीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो ।

Gunasthariya Shiksya

खत्री संघको तदर्थ समितिको पनि अध्यक्ष हुनुहुन्थ्यो । संघको उपाध्यक्षमा रुद्रप्रसाद सुवेदी, सचिवमा सन्तोष ढुङगाना, सहसचिवमा भुवन रोका र कोषाध्यक्षमा गुमा भट्टराई चयन हुनुभएको छ । सदस्यहरुमा लिलानाथ पौडेल (केशव), खगेन्द्र थापा, चन्द्रबहादुर भण्डारी र दामु रोका रहनुभएको छ ।

नेपाल मुद्रण महासंघ का गण्डकी प्रदेश महासचिव मनोहर दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, मुद्रण संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोला, म्याग्दी टेलरिङ संघका अध्यक्ष गोपाल परियार, सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष गंगा कार्की लगायतको उपस्थिति रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...