पुस्तक तथा स्टेशनरी व्यवसायी संघमा शर्मा

Gandaki Pardesh notice

बेनी, । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको १५ औ वार्षिक साधारणसभा तथा सातौ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ ।

Bhautik ministry notice about road

अधिवेशनबाट नारायण शर्माको अध्यक्षतामा महासंघको नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा भिमबहादुर श्रेष्ठ, सचिवमा धु्रबराज सुवेदी, कोषाध्यक्षमा शान्ति आचार्य पौडेल र सहसचिवमा रामु रिजाल चयन हुनुभएको छ ।

सदस्यहरुमा लक्ष्मीप्रसाद सुवेदी, बिष्णु थापा, पुष्पा पौडेल गौतम, नारायण शर्मा, लोकनाथ उपाध्याय र गोविन्द आचार्य चयन हुनुभएको छ । महासंघका निवर्तमान जिल्ला अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...