जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड चौथो पटक बेनी नगरपालिकाले जित्यो

Gandaki Pardesh notice

बेनी , नवौ म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बेनी नगरपालिका बिजयी भएको छ । यसअघि लगातार तीन वर्ष शिल्ड जितेर कब्जा जमाएको नगरपालिकाले यसपाली चौथो पटक प्रतियोगिता जितेको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बिजयी बेनी नगरपालिकाले १५ स्वर्ण, १२ रजत र ७ कास्य पदक जितेको छ । ९ स्वर्ण, ९ रजत र ६ कास्य पदक सहित रघुगंगा गाउँपालिका दृतीय र ४ स्वर्ण, ४ रजत र ३ कास्य पदक सहित अन्नपूर्ण गाउँपालिका तितृय भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाले तीन स्वर्ण, सात रजत र ४ कास्य, मंगला गाउँपालिकाले तीन स्वर्ण र एक रजत, धवलागिरी गाउँपालिकाले २ स्वर्ण, ३ रजत र १२ कास्य पदक जितेका छन् । गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने खेलाडी छनौट गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

भलिबल, एथलेटिक्स, कवड्डी, मार्सल आर्टका ३६ विभिन्न बिधामा स्थानीय तह स्तरीय प्रतियोगिताबाट छनौट भएर आएका खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । प्रथम हुने पालिकाले रनिङ्ग शिल्ड सहित ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. बीस हजार पुरस्कार पाएको छ ।

उपबिजेता र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. १५ हजार र १० हजार पुरस्कार पाएका छन् । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताको शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थियो ।

उसुमा रघुगंगा गाउँपालिकाले २ स्वर्ण, ३ रजत र १ कास्य, बेनी नगरपािलको २ स्वर्ण, १ रजत र ३ कास्य र अन्नपूर्ण गाउँपालिकाले २ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको छ । कवड्डीको छात्रामा मालिका गाउँपालिका प्रथम र मंगला गाउँपालिका दृतीय तथा छात्रातर्फ बेनी नगरपालिका प्रथम र मालिका गाउँपालिका दितीय भएका छन् । छात्रा भलिबलमा अन्नपूर्ण गाउँपालिका प्रथम र बेनी नगरपालिका दृतीय भए । छात्र भलिबलमा बेनी नगरपालिका प्रथम र अन्नपूर्ण गाउँपालिका दृतीय भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...