म्याग्दीको बिमवाङमा एक जनाको हत्या, दुई जना घाइते

Gandaki Pardesh notice

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङमा आज दिउँसो ढुङ्गाको छपनी प्रहार गरेर एक जना वृद्धाको हत्या भएको छ । दुई जनालाई चिर्पटले हानेर घाइते बनाएका छन् ।

छप्पनी प्रहार गरेर मालिका–७ बिम तल्लोगाँउकी ७० वर्षीया मनिषा गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

७ वर्षीया नातिनी प्रियंका गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् । प्रियंका मनिषाकी नातिनी र अमृता छिमेकी हुन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मनिषालाई छप्पनी प्रहार भएको देखेर बचाउन गएका प्रियंका र अमृतालाई चिर्पट प्रहार गरेर घाइते बनाई भागेका थिए ।

घाइते दुई जनालाई दरवाङबाट हेलिकप्टर मार्फत पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ । दरवाङ प्राथमिक उपचार केन्द्रमा उपचार गरिएको थियो । प्रियंकाको अवस्था गम्भिर रहेको छ । एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

घटनाको विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको प्रनाउ कुँवरले बताए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...