छोरी बुहारीलाई निजामती सेवाको भोक जगाइदै

Gandaki Pardesh notice

बेनी, छोरी–बुहारीलाई निजामती सेवाप्रति आकर्षित गराउन बेनीमा लोक सेवा आयोगको निशूल्क तयारी कक्षा सञ्चालन गरिएको छ ।

सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा २० दिनसम्म सञ्चालन भएको तालिम शुक्रबार समापन भएको छ । कार्यालयका नायव सुब्बा गोविन्द पुनले म्याग्दी सहित छिमेकी जिल्लाका ४० जना महिलाहरु सहभागि भएका जानकारी दिनुभयो ।

लोक सेवा आयोगको पाठ्यक्रममा आधारित विषयका विज्ञहरुले दैनिक बेलुकी ४ देखि ८ बजेसम्म (चार घण्टा) प्रशिक्षण दिनुभएको थियो । कक्षा समापनका क्रममा सहभागीहरुलाई लोक सेवा आयोगको परिक्षाका लागि सन्दर्भ सामग्रीहरुको डिजिटल फाइल सहितको पेनड्राइभ उपलब्ध गराइएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

लोक सेवा आयोगप्रति महिलाहरुको आकर्षण र चासो बढाउन तयारी कक्षा सञ्चालन गरेको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताउनुभयो । “निजामती सेवाका लागि लोक सेवा आयोगमा आवेदन कम पर्ने जिल्लामा म्याग्दी तेस्रो स्थानमा छ,” उहाँले भन्नुभयो “लोक सेवा आयोगको परिक्षा र निजामती सेवामा म्याग्दीका नागरिकको उपस्थिति बढाउन तयारी कक्षा सञ्चालन गरेर छोरी बुहारीलाई भोक जगाएका हौ ।”

सार्वजनिक सूचना जारी गरेर आवेदन संकलन गरि सहभागी छनौट गरिएको थियो । न्युनतम २० जना सहभागि हुने अनुमान गरिएपनि आवेदन गरेका सबैलाई सहभागी गराएको कार्यालय प्रमुख थापाले बताउनुभयो ।

वैदेशिक रोजगारीको प्रभावका कारण म्याग्दीका नागरिकहरु निजामती, शिक्षा, सुरक्षा निकायको सेवा प्रवेशका लागि लोक सेवा आयोगको परिक्षामा कम सहभागी हुने गर्छन् । महिलाहरुमा शिक्षाको पहुँचसँगै योग्यता बढेकाले उनिहरुको निजामति सेवामा सहभागिता बढाउन सकिने सम्भावना देखिएको सामाजिक विकास कार्यालयका प्रमुख थापाले बताउनुभयो ।

शिक्षामार्गको गुरुकुल एकेडेमीमा तयारी कक्षा सञ्चालन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...