मल्लाजमा साहित्यकार आचार्यको कथा संग्रह ‘सती’को परिचर्चा

Gandaki Kotihome

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा शुक्रबार साहित्यकार रामचन्द्र आचार्य (आर.सी)द्धारा लिखित कथा संग्रह ‘सती’को परिचर्चा गरिएको छ ।

मल्लाज घर भई हाल पोखरा बसोबास गर्नुहुने कृषि विकास बैंकका पुर्व कर्मचारी आचार्यले गत कात्तिक महिनामा सती कथा संग्रह प्रकाशन गर्नुभएको थियो । कथा संग्रहमा उपहार, गृहस्थी, जित, डोल्मा, प्रवासन, प्रायश्चित, प्रारब्ध, प्रेम उत्सर्ग, मदुस, मूच्र्छना, मोक्ष, राराकी बाला र सती शिर्षकका १४ वटा कथा समावेश गरिएको छ ।

पर्वत, म्याग्दी र बाग्लुङ आसपासका क्षेत्रको जनजिवन, सामाजिक वस्तु अवस्थालाई झल्काउने कथाहरु समावेश गरिएको छ । कार्यक्रममा जलजला गाउँपाकिलाका अध्यक्ष राजुप्रसाद आचार्यले सती कथा संग्रहले वर्तमान समाजको चित्र उतारेको बताउनुभयो ।

Upper Myagdi transmition line notice

कार्यक्रममा जलजला–३ का वडा अध्यक्ष एकिन्द्र खत्री, साहित्यकार गोपालप्रसाद आचार्य, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका अध्यक्ष केदारनाथ पौडेल, अन्नपूर्ण गाउँपालिकाका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले सतीमा समावेश भएका कथाहरु यथार्थपरक रहेका बताउनुभयो ।

Annapurna aarohan ko notice

म्याग्दी बहुमुखी क्याम्पसका सहप्रध्यापक रेखाकौशल रेग्मीले कृतिको समिक्षा गर्नुहुदै वर्तमान परिवेशको अभिलेख सती कथा बन्न सक्ने बताउनुभयो । वैदेशिक रोजगारीको बाध्यता, पारिवारिक विखण्डन, मिलन, अवैध बाटोबाट अमेरिका जाने र नेपालमा रहेका तिब्बती शरणार्थीहरुको विषयलाई कथा संग्रहमा पढ्न पाइने बताउनुभयो ।

सो कार्यक्रमका अवसरमा बिष्णुहरी स्मृति छात्रवृत्ति कोष मार्फत भवानी आधारभूत र विद्याज्योती माविका ७ जना विद्यार्थीहरुलाई रु. एक हजार पाँच सयका दरले पुरस्कार वितरण गरिएको थियो । भवानी आधारभूतका संगम परियार, पुजा परियार, निराजन परियार, संगिता परियार, सस्पेन परियार, विद्याज्योती माविका र्मावदा बरुवाल र सौरव परियारलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

विष्णुहरी स्मृति छात्रवृत्ति कोषका टेकनाथ शर्माको अध्यक्षता, सचिव तथा विद्याज्योती माविका प्रअ रघुनाथ आचार्यको सञ्चालन र शशी शर्मा आचार्यको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...