म्याग्दीका माओवादी नेताहरुको प्रधानमन्त्री र उर्जामन्त्रीसँग भेटघाट

Gandaki Ghumau

बेनी, । नेकपा (माओवादी केन्द्र) म्याग्दीको टोलीले शुक्रबार काठमाडौमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतसँग भेटघाट गर्नुभएको छ ।

माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जाली, संविधानसभा सदस्य तथा माओवादीका केन्द्रिय सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिक, प्रदेश सांसद हरिबहादुर भण्डारी, माओवादी केन्द्र बाग्लुङका संयोजक राजिव घिमिरे र बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेको टोलीले भेटघाट गरेको हो ।

Shreekrishna
Gunasthariya Shiksya

सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटघाटका क्रममा म्याग्दीका विकास आयोजना कार्यान्वयनको अवस्था र थप आयोजना, नीति निर्माण र राजनीतिक विषयमा छलफल भएको टोलीमा सहभागी प्रदेश सांसद हरिबहादुर भण्डारीले बताउनुभयो ।

बेनी अस्पतालको भवन, मालढुंगा–बेनी, बेनी–जोमसोम सडक, बृहत पिप्ले–भगवती, घोप्टेखोला खानेपानी लगायत संघीय सरकार मार्फत सञ्चालित योजनामा भएको ढिलाईका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।

उर्जामन्त्री बस्नेतलाई बेनी बजार संरक्षण आयोजनामा थप बजेटको व्यवस्था गर्न, तातोपानी, बगरफाँट, बाबियाचौर, दरवाङ लगायत तटीय बस्तीमा नदी नियन्त्रण र सिचाई आयोजनाका विषयमा ध्यानाकर्षण गराइएको थियो ।

टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ लगायत विभिन्न विभागीय मन्त्री र अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...