जिल्ला स्तरीय नवौ राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

Gandaki Ghumau

बेनी, । शुक्रबारदेखि बेनीमा नवौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा महिला भलिबलको राष्ट्रिय टिमका कप्तान अरुणा शाही र करातेका अन्तराष्ट्रिय खेलाडी मार्सल गर्बुजालाई सम्मान गरिएको थियो ।

शाही रघुगंगा गाउँपालिकाको वडा नम्बर ३ पिप्ले र गर्बुजा रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी हुनुहुन्छ । जिल्ला समन्वय समितिका प्रमुख थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले शाही र गर्बुजालाई नगद तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

Shreekrishna

उद्घाटन समारोहमा भएको मार्चपासमा अन्नपूर्ण, रघुगंगा र धवलागिरी गाउँपालिका क्रमश ः प्रथम, दृतीय र तृतीय भए । कार्यक्रममा जिसस प्रमुख थापाले स्थानीय तहहरुले खेलकुद क्षेत्रमा पनि लगानी बढाउन सुझाव दिनुभयो । “खेलप्रतिभाको पहिचान र उनिहरुको प्रर्वद्धनमा स्थानीय तहहरुले ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो “गाउँठाउँको पहिचान दिलाउने माध्यम खेलकुद हो ।”

प्रमुख जिल्ला अधिकारी ढकालले अनुशासन, लगनशिलता, इमान्दारिता र मेहनतका साथै स्वस्थ्य रहन पनि खेलकुदले सहयोग पुग्ने बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले भलिबल, एथलेटिक्स, कवड्डी, मार्सल आर्टका ३६ विभिन्न बिधामा ३६ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने बताउनुभयो ।

Gunasthariya Shiksya

“धवलागिरी, मालिका, मंगला, अन्नपूर्ण रघुगंगा गाउँपालिका र बेनी नगरपालिका स्तरीय प्रतियोगिताबाट छनौट भएर आएका खेलाडीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो,” उहाँले भन्नुभयो “जिल्ला स्तरीय प्रतिस्पर्धाबाट छनौट हुने खेलाडीहरुले प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन् ।”

प्रथम हुने पालिकाले रनिङ्ग शिल्ड सहित ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. बीस हजार पुरस्कार प्राप्त गर्नेछन् । उपबिजेता र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. १५ हजार र १० हजार पुरस्कार पाउनेछन् । धवलागिरी र रघुगंगा बाहेकका पालिकाले कवड्डीमा प्रतिस्पर्धा गर्नेछन् ।

एथलेटिक्स बेनीको खुल्ला मञ्चमा, मार्सल आर्ट र उसु कवर्ड हल, कवड्डी कालीपुलको बास्केटबल खेलमैदान र भलिबल खेल म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा सञ्चालन हुने समितिका सदस्य प्रविन शाहीले बताउनुभयो । सबै खेलको फाइनल खुल्ला मञ्चमा खेलाउने खेलकुद विकास समितिले जनाएको छ ।

यसपाली अन्नपूर्ण, रघुगंगा र बेनी नगरपालिकाका खेलाडीले उसुमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई व्यवस्थित बनाउन समितिका पदाधीकारी, सदस्य, कर्मचारी र प्रशिक्षकलाई जिम्मेवारी बाँडफाड गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...