न्युु धौलागिरिका सदस्यलाई स्टेशनरी देखि यातायातमा छुट

Gandaki Pardesh notice

बेनी, । बेनीमा रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई विभिन्न सेवामा छुट उपलब्ध गराउन विभिन्न ६ ब्यावसायिक संस्थासंग सम्झौता गरेको छ ।
धौलागिरी सहकारीले शेयर सदस्यले लिने विभिन्न सेवामा चलनचल्तीको मूल्यमा थप छुट उपलब्ध गराउन स्वास्थ्यसंस्था, बससेवा, इन्टरनेट, इलेट्रोनिक्स, पुस्तक तथा स्टेशनरी, कानुनी ब्यवसायी, लेखापढी संस्थासंग सम्झौता गरेको हो ।

शेयर सदस्यलाई लक्षित गरेर संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठले बिहिबार विभिन्न ब्यवसायी संस्थागत सम्झौता गर्नुभएको छ । संस्थाले संगम इलोक्ट्रोनिक÷ वेव सफर ईन्टरनेका प्रोपाईटर सुयोग श्रेष्ठ, म्याग्दी कोरला यातायातका संचालक मोहन केसी, मिलन साउण्ड एण्ड भिजनका प्रोपाईटर रुद्रबहादुर बानियाँ (मिलन, नेशनल ड्रग सेन्टर÷पाण्डे हेल्थ क्लिनिक एण्ड ल्याव सेवाका संचालक शम्भु राज पाण्डे, गिरि ल फर्म तथा नोटरी पब्लिक कार्यालयका संचालक तथा अधिबक्ता ईश्वर गिरि, रक्षा भू–सेवा केन्द्रका सञ्चालक रक्षा पौडेल र सगुन स्टेशनरी स्टोर्शका संचालक ठाकुरप्रसाद शर्मासंग सम्झौता गरेको हो ।

यस सहकारीको परिचय खुल्ने परिचयपत्र लिएर बेनीस्थित संगमचोकमा रहेको संगम इलोक्ट्रोनिक÷ वेव सफर ईन्टरनेटले सबै इलोक्ट्रोनिक सामानहरु र इन्टरनेट सेवामा १० देखी १८ प्रतिशत छुट पाउने सम्झौता भएको छ । त्यस्तै म्याग्दी कोरला यातायात प्रा.लिले सहकारीका शेयर सदस्यहरुलाई बससेवामा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता गरेको छ ।
त्यस्तै, बेनीस्थित क्याम्पसचोकबाट सेवा दिदै आएको मिलन साउण्ड एण्ड भिजनले एल्जी इलोक्ट्रोनिक सामानहरु किन्न आउने शेयरसदस्यलाई १२ देखि १८ प्रतिशतसम्म छुट दिने सम्झौता संचालक मिलन बानियाँले गर्नुभएको छ । यहाँ टिभि फ्रिज, वासिङमेसिन, भ्याकुम, एशी, इन्भटर, ब्याट्री लगायतमा छुट दिईने छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अस्पतालचोकबाट स्वास्थ्य सेवाहरु दिँदै आएको नेशनल ड्रग सेन्टर÷पाण्डे हेल्थ क्लिनिक एण्ड ल्याव सेवाले जाँच उपचारमा १० प्रतिशत, ल्यावसेवामा २० प्रतिशत, औषधीमा १० प्रतिशत, आँखा उपचारमा ५ प्रतिशत र चस्मामा १० प्रतिशत उपलब्ध गराउने सम्झौता संचालक शम्भुराज पाण्डेले गर्नुभएको छ ।

गिरि ल फर्म तथा नोटरी पब्लिक कार्यालयले दिने सेवामा १० प्रतिशत छुट उपलब्ध गराउन सम्झौता अधिवक्ता ईश्वर गिरिले गर्नुभएको छ । साथै, अंशवण्डा, नामसारी, राजीनामा लगायतका जग्गा सम्बन्धी सम्पूर्ण सेवामा रक्षा भू–सेवा केन्द्रले १० देखि २० प्रतिशत छुट दिने सम्झौता पौडेलले गर्नुभएको छ । त्यस्तै क्याम्पसचोकमा रहेको सगुन स्टेशनरी स्र्टोशका संचालक ठाकुरप्रसाद शर्माले स्टेशनरी तथा पुस्तकमा विशेष छुट दिने सम्झौता शर्माले गर्नुभएको छ ।
शेयर सदस्य तथा पारिवारका सदस्यलाई सहकारीले वितरण गरेको सदस्यता कार्ड लिएर सेवा लिन पुगेमा सम्झौता अनुसारको सेवा प्राप्त गर्ने सहकारीका बरिष्ठ ब्यवस्थापक बसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

सम्झौतामा हस्ताक्षर कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठ, निर्वतमान अध्यक्ष लिलाबहादुर बानियाँ, उपाध्यक्ष रामजीप्रसाद सुवेदी, कोषाध्यक्ष बमबहादुर पुन, संचालक सदस्य हेमन्त थापा र अनिता कार्की, बरिष्ठ ब्यवस्थापक श्रेष्ठ र ब्यवस्थापक हरिप्रसाद पौडेलको लगायतको उपस्थित थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...