चौरीको नष्ल सुधार गर्न मुस्ताङका कृषकलाई याक वितरण

Gandaki Ghumau

पोखरा, नष्ल सुधारका लागि मुस्ताङका कृषकहरुलाई याक वितरण गरिएको छ ।

गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० वटा याक वितरण गरेको हो । सोलुखुम्बुको स्याङबोचेमा रहेको याक आनुवांशिक स्रोत केन्द्रबाट खरिद गरेर ल्याएका याक गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे र कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले मंगलबार साँझ पोखरामा भएको कार्यक्रममा मुस्ताङका प्रदेश सभा सदस्य बिकल शेरचन र नाम्दु गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।

कृषि तथा भूमि व्यवस्था मन्त्री जिसीका निजी सचिव डिल्लीराम रेग्मीले सोलुखुम्बुबाट ल्याइएका १९ वटा मध्य ९ वटा मनाङ जिल्लाका कृषक, समूह र समितिलाई दिइने जानकारी दिनुभयो ।

Shreekrishna

“एकै ठाउँको याकबाट धेरै वर्ष प्रजनन् क्रिया हुँदा हाडनाताको समस्या हुने भएकाले सोलुखुम्बुबाट ल्याएर चौरीपालक कृषक, समूह र सहकारीलाई वितरण गरिएको हो,” उहाँले भन्नुभयो “नष्ल सुधार भई चौरीपालक कृषकहरुलाई लाभ पुग्ने अपेक्षा गरेका छौ ।”

Gunasthariya Shiksya

मुख्यमन्त्री पाण्डेले याक हस्तान्तरण गर्दै उन्नत जातको याकबाट नश्ल सुधारमा मद्दत पुग्ने र हिमाली क्षेत्रका कृषकलाई फाइदा हुने बताउनुभयो । गण्डकी प्रदेशको मुस्ताङ र मनाङ जिल्लामा व्यवसायिक चौरीपालन हुने गरेको छ । म्याग्दी र कास्कीको लेकाली क्षेत्रमा पनि चौरीपालन भएको छ ।

यातायातको सुविधा नभएको ठाउँमा याकलाई भारी बोकाउन र मासुका लागि प्रयोग गर्छन् । चौरीको दूध, घ्यू र छुर्पी बिक्री हुन्छ । याकचौरीको आलो रगत निकालेर समेत बिक्री गरिन्छ । मुस्ताङ र म्याग्दीमा साउन र चैत महिनामा चौरीको रगत पिउने मेला लाग्छ । धार्मिक कार्यमा प्रयोग हुने याकचौरीको पुच्छर महँगो मूल्यमा बिक्री हुन्छ ।

मुस्ताङमा झन्डै ४ हजार याकचौरी रहेको हिमालयन चौरी पालन तथा संरक्षण समितिले जनाएको छ । थासाङ गाउँपालिकामा २२ घरधुरीले व्यवसायिक रुपमा एक हजार पाँच सयभन्दा बढी याकचौरी पालेका छन् ।

घरपझोङ गाउँपालिकाको मार्फा, स्याङ र जोमसोम गरी ८ घरधुरीले करिब ५ सय याकचौरी पालेका छन् । बर्खामा हिमालको फेदी र लेकाली क्षेत्रमा लगिएका याकचौरीको गोठ चिसो याममा बेशी झारिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...