घारका कृषक तेजबहादुर बरुवालले दश किलोग्राम भन्दा बढी तौल भएको काउली फलाउनुभयो

Add Samajik bikash office

पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका कृषक तेजबहादुर बरुवालले एउटै दश किलोग्राम भन्दा बढी तौल भएको काउली उत्पादन गर्नुभएको छ ।

घारको पैयुपाटामा ७० वर्षीय बरुवालले सञ्चालन गर्नुभएको हरियाली कृषि फर्ममा उत्पादन भएको एउटै काउलीको तौल दश दशमलब २४० किलोग्राम तौल भएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।

पोखरेबगर स्थित कार्यालयमा गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी र कृषि शाखाका प्रमुख हेमन्त शाहीको रोहबरमा बरुवालले फलाएको काउलीको मंगलबार तौल लिइएको थियो ।

Shreekrishna hardwear in news

“बरुवालको बगैचा अनुगमन गर्दा काउलीको आकार र तौल अस्वभाविक लागेपछि नापजाचँका लागि मगाएका थियौ,” कृषि शाखाका प्रमुख शाहीले भन्नुभयो “काउलीको औसत तौल २.५ किलोग्राम हो । तर बरुवालले दश किलोग्राम भन्दा बढी तौल भएको एउटै काउली फलाउनुभयो ।”

बरुवालले गत साउनको पहिलो हप्ता सेमि हाइटेक टनेलभित्र ‘स्नो मिस्टिक’ जातको काउलीको बेर्ना लगाउनुभएको थियो । बेर्ना सारेको १०० देखि १२० दिनमा तयार हुने यो जातको काउली मध्य पहाडको भूगोलमा लगाउन सकिन्छ । गुम्बजाकार, शुद्ध चम्किलो सेतो रंगको यो जातको काउलीको औसत तौल २.५ किलोग्राम हुन्छ ।

Bhautik ministry notice about road

“सेमि हाइटेक टनेलमा गाईभैसीको मल हालेर काउली लगाएको हो,” बरुवालले भन्नुभयो “यसअघि पाँच किलोसम्म तौल भएको काउली फलाएको थिए । यसपाली बारीमा रहेका अरु काउलीको तौल पनि धेरै छ ।” रासायनिक मल र विषादीको प्रयोग बिनै काउली खेती गरेको बरुवालले बताउनुभयो ।

बरुवालले दश रोपनी क्षेत्रफलमा काउली, बन्दा, केराउ, किबी, अलैची, मुला, रायो साग, मटरकोषा, ब्रोकाउली, घ्यूसिमी, धनीया, जागर जातका तरकारी खेती गर्नुभएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र तत्कालीन कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा बीस वर्षअघि बरुवालले शुरु गरेको व्यवसायिक तरकारी खेती जिविकोपार्जनको आधार बनेको छ ।

“वर्षमा रु. ३ देखि ४ लाखको तरकारी बिक्री हुन्छ,” उहाँले भन्नुभयो “जिवन गुजारा चलाउने माध्यमनै तरकारी खेती भएको छ ।” एक्यापले संरक्षण कृषक घोषणा गरेका बरुवालले जिल्ला स्तरीय कृषि मेला प्रर्दशनीमा एक पटक प्रथम स्थान र वि.स. २०७२ मा म्याग्दीमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पाउनुभएको थियो ।

पर्यटकीय स्थल घोडेपानी, पोखरेबगर, भुरुङ्ग–तातोपानी, घार गाउँमा तरकारी खपत हुने गर्छ । तरकारीले बजार र मूल्य नपाउने तथा काम गर्ने जनशक्ति नहुनु चुनौति रहेको बरुवालले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले बरुवाल गाउँपालिकाकै नमुना र प्रेरणादायी कृषक रहेका बताउनुभयो । वडा, पालिका र जिल्ला स्तरका कार्यक्रम मार्फत कृषकलाई सहयोग गरिएको उहाँले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...