सडकको दुराअवस्था र लापरबाहीले निम्त्याएको दुर्घटना (समाचार टिप्पणी)

Gandaki Pardesh notice

सन्तोष गौतम । बेनी
म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङको कोरला नाकालाई जोड्ने बेनी–जोमसोम–कोरला सडकको प्रवेशबिन्दु हो बेनी–गलेश्वर सडक ।

सदरमुकाम बेनीको कालीपुल देखि धार्मिक स्थल गलेश्वर जोड्ने यो जिल्लाकै व्यस्त सडक मानिन्छ । करिब बीस बर्षअघि ट्याक खुलेको तीन किलोमिटर दुरिको यो सडक कालोपत्रे गर्ने कामले अहिलेसम्म पूर्णता पाएको छैन् ।

बेनीको कालीपुल र गलेश्वर खण्डमा कालोपत्रेका लागि सञ्चालित आयोजना सम्बन्धित कार्यालय तथा ठेकेदारको लापरबाही र सरोकारवालाको बेवास्ताका कारण अलपत्र परेको छ । ठेक्का लागेको दुई वर्षसम्म पनि एक÷एक किलोमिटर सडक कालोपत्रे हुन नसकेको हो । बेनी–गलेश्वर जिल्लाका अन्य सडकको दुराअवस्थालाई दर्शाउने प्रतिनिधि बनेको छ ।

Shreekrishna hardwear in news

फाटेको कपडा टाले जसरी बिच–बिचमा गरिएको कालोपत्रे पनि उप्किन थालेको छ । सडक निर्माण र बिस्तारको बाहनामा जथाभावी पहाड खनिएको तर संरक्षण नगरिएका कारण जलेश्वरमा सँयौ रोपनी पाखो, कृषि फार्म र जंगल पहिरोमा बगेको छ । गएको बर्खाभरी जलेश्वरको पहिरोले बेनी–गलेश्वर सडकलाई दैनिकजसो अवरुद्ध बनायो ।

जलेश्वरमा पहिरोले सडक अवरुद्ध बनाएपछि भएको जाम । फाइल तस्बिर

बेहाल अवस्थाको बेनी–गलेश्वर सडक स्तरोन्नतिमा भएको लापरबाहीसँगै मृत्युमार्गमा परिणत भएको छ । यो सडकमा पछिल्लो दश वर्षमा भएका दुर्घटनामा पनि १३ जनाले ज्यान गुमाएका र त्यो भन्दा बढी घाइते भएको तथ्याङ्क छ ।

कच्चि अवस्थाको साँघुरो सडकमा तिब्र गतिमा सवारी गुडाउदाँ दुर्घटना भएको देखिन्छ । सुरक्षा निकायको पहुँच पुग्ने र उपस्थिति भैरहेने यो सडकमा धेरै दुर्घटना हुनुलाई दुर्भाग्य मान्नुपर्छ । गलेश्वरमा जनपथ प्रहरीको चौकी र ट्राफिकको चेक पोष्ट छ ।

शुक्रबार बेनी–गलेश्वर सडककै रातोपहिरो क्षेत्रमा दुर्घटना भएको पाखापानीबाट आउँदै गरेको जिपमा चालक सहित १२ जना थिए । ध १ ज ८९६ नम्बरको जिप दुर्घटना हुँदा अन्नपूर्ण गाउँपालिका–२ की १० वर्षीया रिया बिकको ज्यान गयो भने चालक नन्दबहादुर छन्त्याल, बेनीका दलप्रसाद छन्त्याल लगायत ११ जना घाइते भए ।

२०६८ साउनमा गलेश्वर देखि बेनी आइरहेको ग १ ज १२३९ नम्बरको ट्याक्सी जलेश्वरको पहिरोबाट कालीगण्डकीमा खस्दा एकै परिवारका चार जना सहित त्यहाँ सवार आठ जनाको ज्यान गएको थियो ।

Bhautik ministry notice about road

२०७४ फागुन २१ गते गलेश्वरबाट बेनी आउँदै गरेको ग १ त २५५८ नम्बरको ट्याक्टर गलेश्वरको हालको प्रहरी चौकी भएको ठाउँभन्दा करिब दुई सय मिटर अगाडीको सडकबाट कालीगण्डकीमा खस्दा दुई जनाको ज्यान गएको थियो ।

१२ मंसिर २०७६ मा बेनीबाट तीन जना चढेर गलेश्वरतर्फ गैरहेको ध १ प ३५४९ नम्बरको भिआर मोटरसाइकल र गलेश्वरबाट बेनी आउँदै गरेको ध १ च २३५ नम्बरको जिप रातोपहिरो क्षेत्रमा एक आपसमा ठोक्किदा घाइते भएका पाखापानीका एक युवाको उपचारको क्रममा भोलिपल्ट पोखरामा निधन भएको थियो ।

१३ मंसिर २०७० मा बेनीबाट मुस्ताङतर्फ हिडेको ध १ ख १८२ नम्बरको ट्रक जलेश्वरमा सडकबाट कालीगण्डकीमा खस्दा सहचालकको घटनास्थलमै मृत्यु भएको थियो । गलेश्वरबाट मोटरसाइकलमा बेनी आउँदै गरेका ओखरबोट घर भएका एक जना खेलाडीको पनि जलेश्वरमा दुर्घटनामा परेर ज्यान गएको थियो ।

१६ साउन २०७४ मा गलेश्वरदेखि बेनी आउँदै गरेको ध १ ज ३८३ नम्बरको ट्याक्सी जलेश्वरको पहिरोबाट कालीगण्डकीमा खस्दा चालक सहित तीन जना घाइते भएका थिए । तत्कालै उद्दार भएकाले त्यसबेला मानबीय क्षति हुन पाएन् ।

सामान बोक्ने प्रयोजनका लागि दर्ता भएको र अनुमति पाएको शुक्रबार दुर्घटना भएको डबल क्याब भएको सो बोलेरो जिपलाई चार जना भन्दा बढी यात्रु बोक्ने अनुमति छैन् । अनुमति भएको भन्दा बढी संख्यामा यात्रु बोको जिप गलेश्वरको प्रहरी चौकी र ट्राफिकको चेक पोष्ट पार गरेर बेनी आउँदै थियो ।

दुर्घटना भएको जिप त एउटा उदाहरण मात्र हो । म्याग्दीका ग्रामिण सडकमा चल्ने निजी जिपहरुले क्षमता भन्दा बढी यात्रु बोकेका र मनोमानी भाडा असुलेका गुनासाहरु बढीरहेको छ । प्रहरी चौकी र ट्राफिकको चेकपोष्टले गर्ने चेकजाँच तथा भूमिकाप्रति शंका पैदा भएको छ ।

बढी भाडा असुल गर्ने र क्षमता भन्दा बढी यात्रु बोक्ने गाडीका चालक, सवारी धनी, ट्राफिक र चौकी देखि जिल्ला तहका प्रहरी अधिकारीको “कनेक्सन” पनि दुर्घटनाका कारण बनेको यातायात ब्यवसायीहरुको आरोप छ ।

सामान ढुवानी गर्ने प्रयोजनका लागि दर्ता भएका गाडीहरुले भाडामा यात्रु बोक्न नपाउने नियम भएपनि छिमेकी, आफन्त र गाउँलेलाइे सेवा दिने बाहनामा एक किसिमको आर्थिक शोषण गरेका छन् । यस्ता गाडी दुर्घटना भएको अवस्थामा मृतकका आश्रितले बिमाबाट बञ्चित हुने, घाइतेले उपचार नपाउने समस्या छ ।

कतिपय अवस्थामा सवारी धनीकै घरखेत र उठिबास भएका धेरै उदाहरण छन् । म्याग्दीका सडक स्तरोन्नतिमा भएको लापरबाही र यातायात भाडाका नाममा भएको ठगी नियन्त्रण तथा दुर्घटना न्युनीकरणका लागि सम्बद्ध पक्षको गम्भिर ध्यानाकर्षणको आवश्यकता छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...