ताराखोलामा श्रम बैंक

Gandaki Pardesh notice

सन्तोष गौतम
ताराखोला, १७ पुष । विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मंगलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैंकको कार्य शुुभारम्भ गरिएको हो ।

प्रतिनिधिसभा सदस्य एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले श्रम रोजगार बैंकमा आबद्ध ६७ जना सदस्यलाई सपथ ग्रहण गराउनुुभएको थियो । युवालाई गाउँमै रोजगारी सिर्जना, स्थानीय सीप र श्रमको सदुपयोग, मानव शंसाधनमार्फत गाउँपालिकाको समग्र विकासलागयत उद्देश्य राखेर श्रम रोजगार बैंक सञ्चालनमा ल्याइएको अध्यक्ष विकले बताउनुुभयो ।

रोजगार बैंकमा आबद्ध सदस्यलाई गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माणका आयोजना, निजी क्षेत्र, निर्माण व्यवसाय, कृषि, सहकारी र उद्यमका विकासका काममा लगाइने उहाँको भनाइ छ । “गाउँपालिकामा सञ्चालन हुने विकास योजना, ढंगाखानी उत्खननलगायत स्थानीय उद्योगधन्दामा आवश्यक जनशक्ति आपुर्ति र रोजगारी सिर्जना गरि वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई न्यूूनीकरण गर्न श्रम रोजगार बैंक सञ्चालनमा ल्याइएको हो,” अध्यक्ष विकले भन्नुुभयो “पहिलो चरणमा वडा तहबाट आवेदन संकलन गरेर रोजगार बैंकमा ६७ जनालाई सूचिकृत गरेका छौं ।”

Shreekrishna hardwear in news

स्थानीय दक्ष जनशक्ति परिचालन गरि विकास योजनालाई समयमै र गुुणस्तरीय रुपमा सम्पन्न गराउने, युवाको सीप र दक्षताको प्रयोगमार्फत सामाजिक रुपान्तरण, सामाजिक विकृति न्युनीकरण, श्रमिकको सम्मान र सुरक्षा गर्ने बैंकको उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनुुभयो ।

गाउँपालिकाले बजेट विनीयोजन गरेका, संघीय र प्रदेशका आयोजनामा श्रम बैंकमार्फत जनशक्ति आपुर्ति गरिने उहाँले उल्लेख गर्नुभयो । गाउँपालिकाभित्र रहेका निर्माण व्यवसायी र सञ्चालकहरुलाई पनि रोजगार बैंकमा सूचिकृत प्रमुख प्रशासकीय अधिकृत घिमिरले बताउनुुभयो ।

चालुु आर्थिक वर्षमा रु. तीन करोड छ लाख बजेट बराबरको योजना श्रम बैंकमार्फत कार्यान्वयन गरिने गाउँपालिकाका प्रशासकीय अधिकृत प्रकाश गैरेले बताउनुुभयो । “विकास निर्माणका अलावा सामाजिक गतिविधिमा पनि श्रम बैंकका जनशक्तिलाई परिचालन गर्छौ,” उहाँले भन्नुुभयो “श्रम बैंक सञ्चालनका लागि कार्यविधि बनाएका छौँ, श्रमिकको सम्मान र श्रमको उचित ज्यालाको सुनिश्चिता गर्न गाउँपालिका प्रतिबद्ध छ ।”

Bhautik ministry notice about road

गाउँपालिकाले ताराखोलामा रहेका सबै दुुई हजार दुुई सय घरधुुरीबाट १÷१ जनालाई बैंकमा आबद्ध गराउने लक्ष्य लिएको छ । कार्यविधिमा दैनिक आठ घण्टा काम गर्ने मजदुुरहरुलाई गाउँपालिकाको योजनामा प्रतिघण्टा रु. एक सय १०, प्रदेश, संघीय योजना र निजी क्षेत्रका काममा प्रतिघण्टा रु. एक सय १५ का दरले ज्याला उपलब्ध गराइने व्यवस्था छ ।

मासिक रु. १७ हजार तीन सय ज्याला मध्ये ३१ प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गरिने भएको छ । गाउँपालिकाले श्रमिकलाई काम दिन नसके वा श्रमिकको एक महिनाको ज्याला रु. दश हजार ८२० भन्दा कम दिएमा सामाजिक सुुरक्षा कोषमा गाउँपालिकाले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत जम्मा गर्ने व्यवस्था गरिएको छ ।

एक महिनाको ज्याला रु. दश हजार आठ सय २० भन्दा बढी भएमा गाउँपालिकाले दश प्रतिशत र श्रमिकले २१ प्रतिशत बराबरको रकम जम्मा गर्नुुपर्नेछ । श्रम बैंकमा आबद्ध निर्माण व्यवसायीले सामाजिक सुुरक्षा कोषमा २६ प्रतिशत र गाउँपालिकाले ६ प्रतिशत जम्मा गर्नेछन् ।

श्रम बैंकमा आबद्ध श्रमिक र आश्रित परिवारलाई सामाजिक सुुरक्षा भत्ता, औषधी उपचार, मातृत्व सुुरक्षा योजना, बिरामी बिदा, दुर्घटना बीमा, किरिया खर्च, शैक्षिक छात्रवृत्ति, पेन्सन लगायत सुविधा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । एक जना श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरुको दश प्रतिशत सहभागितासहित वार्षिक रु. एक लाख १५ हजार १९ खर्च गरिने भएको छ ।

श्रम रोजगार बैंकमा आबद्ध सदस्यहरुका लागि कार्यस्थलमा मादक पदार्थ सेवन गर्न नपाउने, तोकिएको पोशाक र सामग्री सहित गाउँपालिकाले लगाएको काम गर्नुुपर्ने, काममा अनुपस्थित हुँदा व्यवस्थापकलाई जानकारी गराउनुपर्ने, सार्वजनिक रुपमा गाउँपालिका विरुद्ध अभिव्यक्ति दिन नपाउनेलगायत आचारसंहिता बनाइएको गाउँपालिकाका अध्यक्ष विकले बताउनुुभयो ।

श्रम रोजगार बैंकमा आबद्ध चन्द्रबहादुर रोकाले गाउँपालिकाले युवालाई लक्ष्य गरि रोजगारको कार्यक्रम ल्याएकामा खुसी व्यक्त गर्नुभयो । केही दिनभित्रमा गाउँपालिकासँग सम्झौता गरेर सबै श्रमिक सदस्य कार्यस्थलमा खटिने उहाँको भनाइ छ । गाउँपालिकाका पाँच वटै वडाका युवा जनशक्ति श्रम रोजगार बैंकमा आबद्ध भएका छन् । युवाको आवेदन र वडा कार्यालयको सिफारिसका आधारमा गाउँ कार्यपालिकाले रोजगार बैंकमा आबद्ध हुने श्रमिकको छनोट गरेको थियो ।

१८ देखि ४० वर्ष उमेर समूहका युुवाका अतिरिक्त प्राविधिक सिपमा दखल राख्ने ६० वर्षसम्मका व्यक्तिहरुलाईसमेत आवश्यकताका आधारमा श्रम रोजगार बैंकमा आवद्ध गरिने गाउँपालिकाले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य तथा पुुर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले श्रमिकको सम्मान र सुुरक्षाका लागि ताराखोला गाउँपालिकाले देशमै नमुुना कार्यक्रम सुरु गरेको बताउनुुभयो । गाउँमै रोजगारी सिर्जनाको साथै गुुणस्तरीय पूूर्वाधार विकासमा श्रम रोजगार बैंक कोशेढुुंगा बन्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...