अन्नपूर्णको खिवाङमा एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण तिब्र

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण कार्यले तिब्रता पाएको छ ।

ब्रिटिस गोर्खा वेयलफेयर र अन्नपूर्ण गाउँपालिकाको साझेदारीमा खिवाङ र कुटुका गाउँका १३५ घरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराउन आयोजना निर्माण हुन लागेको हो ।

अन्नपूर्ण गाउँपालिका–६ घारका वडा अध्यक्ष रामबहादुर खड्काले एक महिना अघि शुरु भएको आयोजनाको निर्माण कार्यले चिसोको प्रतिकुल मौसमका वावजुद पति तिब्रता पाएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

करिब रु. एक करोड ३० लाखको लागतमा निर्माण हुन लागेको आयोजना मार्फत सबै घरमा मिटर जडिट निजी धारा मार्फत खानेपानी वितरण गर्ने लक्ष्य रहेको छ । घोडेपानी नजिकैको रानीवास टोड्के मुहानदेखि १० किलोमिटर मुख्य पाइपलाईन मार्फत कुटुका र खिवाङमा खानेपानी वितरण गर्न लागिएको हो ।

Bhautik ministry notice about road

सात वटा मध्य पाँच वटा टंकी निर्माण सकिएको, इन्टेक र मुख्य लाइन निर्माण तिब्रताका साथ भैरहेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । गोर्खा वेयलफेयरका प्राविधिकहरुको उपस्थितिमा मजदुर र स्थानीयबासीले खानेपानी आयोजनाको संरचना निर्माण गरिरहेका छन् ।

अबको एक महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । खिवाङ र कुटुकाका बासिन्दाले मुहानबाट पाइप मार्फत पानी ल्याएर उपभोग गर्दै आएका छन् । साविक घार गाविसको विभिन्न वस्तिमा एक घर, एक धारा सहितको खानेपानी सुविधा विस्तारलाई तिब्रता दिइएको छ ।

गत वर्ष घार गाउँमा २०८ धारा र भुवानीथान क्षेत्रमा १०० धारा बनाएर खानेपानी वितरण गरिएको छ । बिरौटामा यसअघिनै निजी धारा सहितको खानेपानी निर्माण भएको थियो । धिरच्याङका २५ घरमा खानेपानी सुविधा पु¥याउन प्रदेश सरकार माफृत निर्माणाधिन योजना अन्तिम चरणमा छन् ।

पोखरेबगर, रातोपानीका २५–३० घरलाई जुगेपानीको मुहानबाट पानी ल्याएर वितरण गरिएको छ । हल्लेखर्क, कुरमुनी र बैसरीका १०० घरधुरीलाई खानेपानी वितरण गर्न प्रदेश सरकारमा पहल गर्ने वडा अध्यक्ष खड्काले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...