शिखका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Gandaki Pardesh notice

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिखका विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ ।

लायन्स क्लव पोखरा–म्याग्दीले शिख नमुना आवासीय माविका १२ जना, हिमालय आधारभूत विद्यालय तल्लो शिखका ६ जना, किन्दु आधारभूतका ४ जना, शिखर आधारभूत स्वाँतका २ जना गरि २४ जना बाल शिक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

Bhautik ministry notice about road

क्लवका पुर्व अध्यक्ष बिर्ख पुन र जोन चियरपर्सन सुजन पुनको उपस्थितिमा झोला, कपि, कलम, शार्पनर र खेलकुदका सामग्री वितरण गर्नुभएको थियो । शिख नमुना आवासीय माविका कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई कपि, पेन्सिल वितरण गरिएको छ । लायन्सकर्मी बिर्ख पुनले शिख नमुना आवासीय माविको बालकक्षालाई रु. पाँच हजार सहयोग गर्नुभएको विद्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...