लोकदिपका सदस्यलाई दिगो र कोर स्माइल डेण्टलमा छुट

Gandaki Ghumau

बेनी, । बेनीको लोकदीप बचत तथा क्रृण सहकारी संस्था सेयर सदस्यलाई लक्षित गरी दुई स्वास्थ्य संस्थासँग विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौतामा हस्ताक्षर भएको छ ।

आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाइ ध्यान राख्दै सहकारीले पर्वत बेनीमा रहेको दिगो क्लिनिक र बेनी गणेशटोलमा अवस्थित कोर स्माइल डेण्टलसँग सम्झौता गरेको हो ।

सहकारीको शनिबार भएको १० औ साधारणसभामा दिगो क्लिनिका सञ्चालक डा.गोविन्द पोख्रेल र सहकारीका निर्वतमान अध्यक्ष हरिकृष्ण शर्मा गौतम र कोर स्माइल डेण्टलका सञ्चालक डा.मोचन श्रेष्ठसँग अध्यक्ष प्रमिला जोशी श्रेष्ठद्वारा हस्ताक्षर भएको उक्त सम्झौता लागू भएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

यो संगै सहकारीका सदस्यहरूले उक्त दुबै स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सबै प्रकारका सेवामा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउने अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘हामीले सेयर सदस्यको सुविधामा केन्द्रित छौ,’ उहँले भन्नुभयो ‘समयअनुकुल मिलाएर शिविरमार्फत पनि सेवा दिन्छौ ।’

सम्झौतामा सेयर सदस्य तथा पारिवारका सदस्यहरूले विशेषज्ञ सेवा, फार्मेशी,ओपिडी, ल्याब, यूएजी, इसिजी लगायतका सेवा र दन्त सेवा अन्तरगत दाँतमा सिमेन्ट भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, टल्काउने, बच्चाको अस्थायी दाँतको जरादेखि उपचार गर्ने, हल्लिएको दाँतमा तार राख्ने, तलदेखि माथि पूरे सेट दाँत राख्ने, झिक्ने राख्ने दात लगाउने, खोल राख्ने,जरादेखि उपचार सेवाको लाभ लिन सक्ने प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।

सहकारीले सदस्यलाई वितरण गरेको सदस्यता कार्ड लिएर सेवा लिन जान सक्ने प्रबन्धक सुबेदीको भनाई छ । सहकारीका सदस्यद्धय डा. पोख्रेल र डा. श्रेष्ठले सहकारीका सेयर सदस्यलाई सेवा दिन आतुर रहेको बताउनुभयो । यूवाहरुको सक्रियतामा सञ्चालित सहकारीसंग जोगिएर काम गर्दा खुसी लागेको डा. पोख्रेलको भनाई छ ।

सहकारीले सेयर सदस्यसँग भेटघाट, सुामाजिक एवम् मानवीय सेवा, विपन्नताका कारण समस्यामा परेका सेयर सदस्यलाई सहयोग तथा प्रोत्साहनको कार्य गर्ने जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...