बेनीमा ३० जना नयाँ उद्यमी तयार र ३० जनालाई स्तरोन्नति गरिने

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा यस वर्ष ३० जना नयाँ उद्यमी तयार र ३० जना पुराना उद्यमीलाई स्तरोन्नति गरिने भएको छ ।

गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत छनौट भएका ३० जना उद्यम गर्न इच्छुकहरुका लागि सोमबारदेखि बेनीमा व्यवसायिक सचेतना, शुरु एवम् सामाजिक स्तरीकरण कार्यक्रम शुरु भएको छ ।

बेनी नगरपालिकाका लघुउद्यम विकास सहजकर्ता सिता पुनले २, ४, ५, ६, ७, ८ र ९ नम्बर वडा कार्यालयको सिफारिसमा तालिममा सहभागी छनौट गरिएको बताउनुभयो । टाढा भएका कारण १, ३ र १० नम्बर वडाबाट सहभागी नभएका हुन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पुष २३ गतेसम्म सञ्चालन हुने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । व्यवसायिक योजना निर्माण, सामाजिक समावेशीकरण, माग र आपुर्तिको खेल मोडल, व्यवसाय दर्ता प्रक्रीया, बजारीकरण, ब्यवसाय सञ्चालनको सिप लगायतका विषयमा सहजिकरण गरिने सहजकर्ता पुनले बताउनुभयो ।

तालिममा सहभागीहरुको मागको आधारमा अर्को चरणमा सिपमुलक तालिम उपलब्ध गराइने जनाइएको छ । बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले तालिममा सिकेका सिपको सदुपयोग गरेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...