महिला उद्यम विकास समितिमा अम्विका

Shreekrishna hardware

बेनी, । अम्बिका श्रेष्ठको नेतृत्वमा महिला उद्यम विकास समिति म्याग्दीको कार्यसमिति पुर्नगठन भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा आइतबार सम्पन्न भएको समितिको १० औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा सभापतिमा चयन हुनुभएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा विष्णु गुरुङ, प्रथम उपाध्यक्षमा श्रृजना भट्टचन, द्वित्तिय उपाध्यक्षमा दिलु घताने, महासचिवमा प्रमिला जोशी श्रेष्ठ, कोषाध्यक्षमा गीता शर्मा रिजाल, सचिवमा कमला सुवेदी, सहसचिवमा गोमा भट्टराई शर्मा र सहकोषाध्यक्षमा राधिका सापकोटा चयन हुनुभएको निर्वाचन अधिकृतको रुपमा रहनुभएका म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना


त्यस्तै कार्य समितिका सदस्यहरुमा चमन श्रेष्ठ, गंगा कुमारी खत्री, संगीता श्रेष्ठ, तेजकुमारी महत, धनदेवी भण्डारी, संगीता श्रेष्ठ, रेणु मल्ल शाही, अस्मिता श्रेष्ठ, गंगा थापा कार्की, सरिता श्रेष्ठ, रञ्जिता वराईली रहनुभएको छ । समितिको आमन्त्रित सदस्यहरुमा गीता चापागाई, टिका आचार्य, शारिका थापा मगर, अम्विका ढुङ्गाना, मिना कुमारी मल्ल र अश्मि महत रहनुभएको छ ।
नवनिर्वाचत सभापति श्रेष्ठले महिला दिदीवहिनीहरुलाई एकत्रित गरि उनिहरुको क्षमता अभिवृद्धि तथा उत्पादन र उद्यमशिल बन्न प्रेरित गर्ने कार्यक्रम योजनाबद्ध ढंगले संचालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । साथै उहाँले नयाँ कार्य समितिले आउदै गरेको माघेसंक्रान्ति पर्वको अवसरमा बेनीमा ३ दिने माघेसंक्रान्ति मेलाको आयोजना गर्ने समेत बताउनुभयो ।

Shreekrishna


अधिवेशनको उद्घाटन बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले गर्नुभएको थियो । महिलालाई आर्थिक रुपमा सक्षम बनाउन सकेमा मात्र समानता कायम हुने र हिंसा न्युनीकरणमा सहयोग पुग्ने बताउनुभयो । महिलालाई सिपको विकास र आयआर्जनमा जोड्ने उद्देश्यले आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...