मंगलामा राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

Gandaki Pardesh notice

बाबियाचौर, । म्याग्दीको मङ्गला गाउँपालिका स्तरीय विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

पालिकाको वडा नम्बर ५ को कैलाशफाँट स्थित खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा मन्त्री जुग्जालीले खेलकुदको माध्यमबाट सामाजिक एकता, सद्भाव र अनुशासन कायम गर्न सकिने बताउनुभयो । “विद्यालय स्तरका खेल प्रतिभा पहिचान गर्न राष्ट्रपति रनिङ्ग शिल्डले सहयोग गरेको छ,” उहाँले भन्नुभयो “प्रदेश सरकारले खेल पूर्वाधार निर्माणसँगै दक्ष खेलाडी उत्पादन गर्न वडा स्तरमा खेल प्रशिक्षणको कार्यक्रम ल्याएको छ ।”

Shreekrishna hardwear in news

म्याग्दीको पूर्वाधार लगायत समग्र विकासका लागि भित्रिएका योजना र कार्यक्रम समयमै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने वातावरण बनाउन जनप्रतिनिधि, सरोकारवाला र समुदायलाई आग्रह गर्नुभयो ।

मंगला गाउँपालकाका अध्यक्ष सतप्रसाद रोका र वडा नम्बर ५ का अध्यक्ष भुपेन्द्र खत्रीले प्रतियोगिता सञ्चालन भएको कैलाशफाँट खेलमैदानको स्तरोन्नति र म्याग्दी नदीको कटान नियन्त्रणका लागि मन्त्री जुग्जालीको ध्यानाकर्षण गराउनुभयो । प्रतियोगितामा प्रथम हुनेले रु. ५० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Bhautik ministry notice about road

दोस्रो र तेस्रो हुनेलाई क्रमश ः रु. ३० हजार र रु. २० हजार पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले बताउनुभयो । छात्र र छात्रा भलिबल, कबड्डी र एथलेटिक्स विधामा प्रतिस्पर्धा गराइने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष पेमा अधिकारीले गाउँपालिकास्तरबाट छनौट हुने खेलाडीहरूले जिल्ला स्तर हुँदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागिता जनाउनका लागि अनुशासित भएर खेल प्रतिभाको प्रदर्शन गर्न खेलाडीहरूलाई आग्रह गर्नुभएको थियो ।

जिल्ला समन्वय समितिका उप प्रमुख डिलकुमारी खत्री, जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले मन्तव्य राख्नुभएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिकाको केन्द्र बावियाँचौरबाट बाजागाजासहित विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरूले मार्च पास गरेर कार्यक्रम स्थल पुगेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...