बेनी- जोमसोम- कोरला सडकको नागढुङ्गा–काभ्रे खण्डमा काम सूचारु

Gandaki Pardesh notice

दाना, । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गा देखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण सूचारु भएको छ ।

वि.स. २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गा देखि वडा नम्बर–३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सूरु भएको हो । नागढुङ्गा–काभ्रे खण्डको सडक विस्तार र कालोपत्रका लागि सञ्चालित योजनाका ठेकेदार चार वर्षपछि काममा फर्किएका अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले जानकारी दिनुभयो ।

“निर्माणाधिन सडक अलपत्र हुँदा हिलो, धुलो र खाल्डाखुल्डीले यात्रु तथा स्थानीयबासीलाई सास्तीका साथै दुर्घटनाको जोखिम बढेको थियो,” उहाँले भन्नुभयो “लामो समयको प्रतिक्षा र पहलपछि ठेकेदार काममा फर्किएकाले सडकको अवस्था सुधार हुने अपेक्षा गरेका छौ । निर्माण कार्यलाई गति दिन सहजिकरण तथा समन्वय गरेका छौ ।”

Shreekrishna hardwear in news

वि.स. २०७४ मा शर्मा–गजुरमुखी जेभीले नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलब ५ किलोमिटर सडक कालोपत्र सहित स्तरोन्नति गर्न ठेक्का सम्झौता गरेको थियो । कोरोना महामारी फैलिएपछि गरिएको लकडाउन (बन्दाबन्दी)का कारण यस खण्डमा सडक निर्माणको काम रोकिएको थियो ।

वि.स. २०७७ असार र साउन महिनाको पहिरोको तथा कालिगण्डकी नदीको कटानका कारण नागढुङ्गा–काभ्रे खण्डको सडकमा क्षति पु¥याएको थियो । पहिरो पछि बिमाको दावी प्रक्रीयामा भएको ढिलाईले रोकिएको सडक निर्माणको कामलाई पूर्णता दिन लागिएको शर्मा–गजुरमुखी जेभीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताउनुभयो ।

Bhautik ministry notice about road

“आगामी जेठ महिनाभित्र सडक निर्माणलाई पूर्णता दिने कार्ययोजनाका लागि उपकरण, मजदुर परिचालन गरेका छौ,” उहाँले भन्नुभयो “हाल ११० जना मजदुर, ४ वटा ब्रेकर सहितको एक्साभेटर (डोजर), २ वटा ब्याकुहोलोडर, रोलर, टिप्पर र ग्रेडर परिचालन भएको छ ।”

सडकमा खसेको पहिरो पन्छाउने, नाली, पर्खाल लगायत संरचना निर्माणलाई तिब्रताका साथै कालोपत्रका लागि आवश्यक पर्ने गिट्टी, बेस, सबबेस, बिटुमिन, चिप्स लगायत सामग्री व्यवस्थापनमा जुटेको आयोजना ब्यवस्थापक न्यौपानेले बताउनुभयो ।

वि.स. २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको अवधीसँगै लागत पनि बढेको छ । पछिल्लो पटक भएको भेरियसन अर्डर सहित लागत रु. ६३ करोड पुगेको हो । हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक योजनाका ईञ्जिनियर बिष्णु चापागाईले बताउनुभयो ।
आयोजना कार्यालयले निर्माण कम्पनीलाई कार्यक्षेत्रमा परिचालित नभए ठेक्का तोडेर कालोसूचिमा राख्ने चेतावनी र जनप्रतिनिधिहरुले दवाव दिएका थिए । घाँसा–कैकुखोला खण्डको दुई किलोमिटर सडकमा डिबिएसडी प्रबिधिको कालोपत्र गर्ने काम सकिएको छ ।
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे र बादरजुङ भिर क्षेत्रमा करिब १ किलोमिटर दुरिमा बिस्फोटक पदार्थको प्रयोग गरी सडकलाई ८ मिटर फराकिलो बनाएर ढलान गरिएको छ । थप ६ सय मिटर ढलानको तयारी गरिएको छ । पहिरो र कटानको उच्च जोखिमका कारण विभिन्न ठाउँमा २ दशमलब ५ किलोमिटर सडकलाई कालोपत्रबाट झिकिएको छ । नागढुङ्गा–काभ्रे खण्डमा ८.५ किलोमिटर दुरिमा डिबिएसडी प्रबिधिको कालोपत्र गर्ने तयारी भएको हो ।

बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत म्याग्दीको बेगखोला–नागढुङ्गा खण्डको करिब १० किलोमिटर सडक पनि कालोपत्र शुरु भएको छ । शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको यो सडकको नागढुङ्गा देखि बेगखोलातर्फ प्राइम कोड बिछ्याउन थालिएको हो । यो खण्डमा सडक विस्तार, नाली, पर्खाल निर्माण सकेर बेस र सब बेससँगै प्राइम कोड बिछ्याउने काम भैरहेको आयोजनाले जनाएको छ ।

राहुघाट–बेगखोला खण्डको राहुपारे देखि कुनौटा सम्म ६ किलोमिटर सडक चार वर्षअघिनै कालोपत्र भएपनि धेरै ठाउँमा जिर्ण बनिसकेको छ । राहुघाट–बेगखोला खण्डको बाँकी सडक स्तरोन्नति र कालोपत्रको कामलाई नागढुङ्गा–बेगखोलाको काम सकेपछि पूर्णता दिने शर्मा–युनाइटेडका प्रतिनिधिले जनाएका छन् ।

भारत र चिनलाई जोड्ने ४३५ किलोमिटर दुरिको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पर्वतको मालढुुङ्गा देखि म्याग्दी हुदै मुुस्ताङ स्थित चीनको सिमाना कोरला नाका जोड्ने २०२ किलोमिटर दुुरिको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन वि.स. २०७३÷०७४ देखि शुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन वटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । योजना मार्फत १३ वटा पक्कि पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन् । सडकले पुर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत, पर्यटन र धार्मिक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...