बेनीका तीन जनामा कोरोना पुष्टि

Gandaki Pardesh notice

बेनी । बेनीमा शुक्रबार तीन जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।

बेनी नगरपालिका–७, ८ र ९ का क्रमश ः वर्ष ५४, ५५ र २१ का तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ । उनिहरु कन्ट्याक्ट टे«सिङबाट पहिचान भएका कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Bhautik ministry notice about road

स्वास्थ्य अवस्था सामान्य भएका उनिहरु स्थानीय र होम आइसोलेशनमा छन् । कात्तिक १२ गते कन्ट्याक्ट टे«सिङमा परेका र आइसोलेशनमा रहेका १८ जनाको स्वाब नमुना संकलन गरेर परिक्षणका लागि पोखरा स्थित प्रयोगशालामा पठाइएको थियो ।

Shreekrishna hardwear in news

म्याग्दीबाट हालसम्म एक हजार ८५४ वटा स्वाबको नमुना संकलन गरि परिक्षणका लागि पठाइएकोमा एक हजार ८४४ वटाको नतिजा आएको छ । १० वटाको नतिजा आउन बाँकी छ ।

म्याग्दीमा कोरोना संक्रमितको संख्या ८९ जना पुगेको छ । ८ जना महिला र ५२ जना पुरुषले कोरोना जितेका छन् । जिल्ला बाहिर गई संक्रमण पुष्टि भएका ६ जनाको औपचारिक र ४ जनाको अनौपचारिक जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...